• ट्रेण्डिङ्ग :
खानेपानी समस्या समाधानका लागि नागरिक र सरकार उत्तिकै जिम्मेवार : मेयर खड्का

खानेपानी समस्या समाधानका लागि नागरिक र सरकार उत्तिकै जिम्मेवार : मेयर खड्का


  • 4.1K
    SHARES
    • जेठ १८, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 6.3K Views

    खानेपानी समस्या समाधानका लागि नागरिक र सरकार उत्तिकै जिम्मेवार : मेयर खड्का

    तुलसीपुर १८ जेठ/तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले खानेपानी समस्या समाधानकालागि नागरिक र सरकार उत्तिकै जिम्मेवार हुनुपर्ने बताउनु भएको छ ।

    images

    खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालले तुलसीउपमहानगरपालिका स्तरिय भेलालाई सम्बोधन गर्नुहुँदै मेयर खड्काले खानेपानी समस्या समाधानकालागि स्थानीय सरकारले मात्रै केही गर्न नसक्ने बताउनुभयो । ‘खानेपानीको समस्या विकराल बन्दै छ ।’ मेयर पाण्डेले भन्नुभयो,‘समस्या समाधानकालागि हामी एक्लैले केही गर्न सक्दैनौँ । यसमा नागरिकले पनि हामीलाई साथ दिन जरुरी छ ।’

    खानेपानीको मुहान संरक्षण गर्न नागरिक सचेत हुनुपर्नेमा जोड दिंदै उहाँले जंगल फडानी र आगलागी नै खानेपानीका मुहान सुक्नुको कारण भएको बताउनुभयो । जंगल फडानी र आगलागी रोक्ने दायित्व नागरिको भएको उहाँको भनाई छ । उहाँले  बर्खाको पानी संचित गरी ड्याम निर्माण गर्नुपर्ने बताउनुभयो । खानेपानीका संस्था आवश्यक भन्दा बढी भएको भन्दै उहाँले मर्ज गरेर एकिकृत योजना निर्माण गर्न सकिने बताउनुभयो ।


    तेस्रो आँखा