• ट्रेण्डिङ्ग :
गैंडाकोट एमालेको दोस्रो अधिवेशनको उद्घाटन सम्पन्न, अधिवेशन जारी

गैंडाकोट एमालेको दोस्रो अधिवेशनको उद्घाटन सम्पन्न, अधिवेशन जारी


  • 4.9K
    SHARES
    • जेठ २५, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 7.6K Views

    गैंडाकोट एमालेको दोस्रो अधिवेशनको उद्घाटन सम्पन्न, अधिवेशन जारी

    गैंडाकोट । नेकपा एमाले गैंडाकोट नगरपालिकाको दोस्रो नगर अधिवेशनको शुक्रवार नेकपा एमालेका पोलिटब्यूरो सदस्य मनाकुमारी केसी जिसीले उद्घाटन गर्नुभयो । नगरको फेमिली क्याफेमा आयोजित उद्घाटन कार्यक्रममा बोल्दै पोलिटब्यूरो सदस्य केसी जिसीले अधिवेशन भनेको पारिवारिक भेटघाट पनि हो र कही कतै केही त्रुटी भयो की, कमी कमजोरी भयो की ! त्यसको आत्म समिक्षा गर्ने अवसर पनि हो । त्यसकारण अधिवेशन भनेर एक महिना अघिदेखि नै तनाव लिएर बस्न नहुने बरु एक पारिवारिक वातावरणमा छलफल गरेर अगाडी बढनुपर्ने बताउनुभयो । 

    images

    अधिवेशन छोटकरी मै सम्पन्न होस भन्ने आफ्नो चाहना भएपनि नवलपुरका साथीहरुको भावना अनुरूप हुनुपर्ने उहाँको तर्क थियो । नेकपा एमाले एउटा सिस्टममा चल्ने पार्टी हो । तर यस्तो सिस्टममा चल्ने पार्टीमा भएर पनि कसैकसैले विपक्षी पार्टीको पक्षमा हित हुने काम गर्ने गरेको कुराहरु सुनिन्छ । रक्तरंजित भण्डामुनी बसेर कसैलाई पनि त्यसप्रकारको भूमिका खेल्ने छुट अब कसैलाई होला र ? उहाँले प्रश्न गर्नुभयो । नवलपुरको सुस्ताका जनताहरुले आज निर्माण सम्पन्न भएको पुलवाट आवत जावत गर्न पाएका छैनन् । पुल हुँदा हुँदै दुई घण्टा लगाएर चेकपोष्ट हुँदै जाने दुःखद अवस्था छ, त्यहाँका दु:खी मनहरुले तपाईहरुको साथ खोजेको छ, त्यसकारण तपाईहरुपनि त्यहाँ पुग्नुस् - पोलिटब्यूरो सदस्य केसी जिसेले आग्रह गर्नुभयो । 

    कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्ने अन्य अतिथिहरुमा नगरका निवर्तमान अध्यक्ष षडानन्द लामिछाने, जिल्ला कमिटी उपाध्यक्ष यमुनाथ आचार्य, जिल्ला सचिव भिमलाल कँडेल, एमाले गण्डकी प्रदेश सदस्य एवं गैंडाकोट इन्चार्ज छत्रराज पौडेल, गण्डकी प्रदेश सदस्य गोपेन्द्रकेशरी न्यौपाने, प्रदेश सदस्यहरु देवकला वराल, शिवहरी पौडेल र टंकमणी शर्मा, केन्द्रीय सल्लाहकार परिषद सदस्य दिपक अधिकारी, केन्द्रीय सदस्य रविन्द्र अधिकारी, केन्द्रीय सदस्य एवं संविधान सभाका सदस्य कृष्ण पौडेल र केन्द्रीय सदस्य एवं तनहुँ इञ्चार्ज तिलक महत रहनु भएको थियो । राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठानका संस्थापक अध्यक्ष अम्बर बिरही गुरुङले स्वागत गीत मार्फत स्वागत गर्नुभएको थियो । 

    अधिवेशनमा पार्टीका ३२९ प्रतिनिधिहरु सहभागी छन । अधिवेशनले गैंडाकोट नगरपालिकामा पार्टीकोे नयाँ नेतृत्व चयन गर्नेछ । सर्वसम्मत नेतृत्व चयनको प्रयास गरिने बताइए पनि अध्यक्षका लागि तीनजनाले प्रतिस्पर्धा गर्नसक्ने बुझिएको छ । अहिले पार्टीको दोस्रो नगर अधिवेशनको बन्दशत्र जारी रहेको छ । 

    कार्यवहाक नगर अध्यक्ष जगन्नाथ पौडेलको अध्यक्षतामा भएको दोस्रो नगर अधिवेशनमा नगरकमिटी सचिवालय सदस्य सूर्यप्रसाद पराजुलीले स्वागत गर्नुभएको थियो । कार्यक्रमको संचालन कार्यवहाक नगरसचिव श्रीराम सुवेदीले गर्नुभएको थियो ।

    IMG_20240607_165046_764.jpg


    तेस्रो आँखा