• ट्रेण्डिङ्ग :
भद्रपुरका किसानलाई विद्युत् महसुलमा अनुदान

भद्रपुरका किसानलाई विद्युत् महसुलमा अनुदान


  • 2.5K
    SHARES
    • जेठ २६, २०८१ शनिबार
    • २ बर्षs अघि
    • 3.8K Views

    भद्रपुरका किसानलाई विद्युत् महसुलमा अनुदान

    झापा, २६ जेठ । झापाको भद्रपुर नगरपालिकाले कृषिजन्य बाली उत्पादन गर्ने कृषकलाई विद्युतीय महसुलमा ५० प्रतिशत अनुदान दिन थालेको छ । चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत कृषि सिँचाइ विद्युत् महसुल मूल्य अनुदान कार्यक्रम कार्यान्वयन गरिएको हो । 

    images

    कार्यक्रमबाट नगरपालिकामा सूचीकृत कृषि सिँचाइ विद्युत् मिटर भएका करिब एक हजार सात सय किसानले लाभ लिइरहेका नगर प्रमुख गणेश पोखरेलले बताउनुभयो । “स्थानीय कृषकलाई आर्थिक राहात प्रदान गर्दै कृषि उत्पादकत्व अभिवृद्धि गर्नुका साथै सिँचाइको दिगो प्रयोग अभ्यासलाई प्रवर्द्धन गर्ने कार्यक्रमको उद्देश्य छ”, उहाँले  भन्नुभयो । 

    कृषि विकास अधिकृत सुमन विमलीका अनुसार किसानले कृषिजन्य बाली उत्पादन गर्दा हुन आउने विद्युत् महसुलको आधा रकम भुक्तानी गर्ने गरिएको छ । उहाँले योग्य किसानलाई लक्षित गरी अनुदान वितरण गरिरहेको बताउनुभयो । 

    राज्यले चिया खेतीलाई उद्योगअन्तर्गत राखेकामा किसानले गुनासो गर्ने गरेको कृषि विकास अधिकृत बिमलीले बताउनुभयो । चिया खेतीलाई कृषितर्फ राखे किसानले थप राहत महसुस गर्ने उहाँको भनाइ छ ।


    तेस्रो आँखा