• ट्रेण्डिङ्ग :
सहकारीमा देखिएका समस्या, चुनौती र समाधानका बिषयमा अन्तरक्रिया सम्पन्न

सहकारीमा देखिएका समस्या, चुनौती र समाधानका बिषयमा अन्तरक्रिया सम्पन्न


  • 4.6K
    SHARES
    • जेठ २८, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 7.1K Views

    सहकारीमा देखिएका समस्या, चुनौती र समाधानका बिषयमा अन्तरक्रिया सम्पन्न

    मध्यबिन्दु । सहकारी क्षेत्रमा बर्तमान समयमा देखिएका समस्या, चुनौती र समाधानका बिषयमा मध्यबिन्दु नगरपालिकामा आईतबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम मध्यविन्दु नगर स्तरिय सञ्जालको आयोजना र मध्यविन्दु नगरपालिकाको सहकार्यमा भएको थियो । कार्यक्रममा सञ्जालका अध्यक्ष रामप्रसाद काफ्लेको अध्यक्षता र नगरपालिकाका प्रशासकिय अधिकृत रमेश घर्तीको प्रमुख आतिथ्यतामा भएको थियो ।

    images

    कार्यकममा जिल्ला सहकारी संघ लि. का अध्यक्ष तिलकप्रसाद पराजुली, संघका सचिव श्यामसुन्दर लामिछाने, जिल्ला बचत तथा ॠण सहकारी संघ लि का कार्यबहाक अध्यक्ष बद्रीनाथ नेपाल, सहसचिव नारायणप्रसाद पौडेल, संचालक राधा पाण्डे र रूपा तिवारी अतिथिको रूपमा रहनु भएको थियो। कार्यक्रममा मध्यविन्दु नगरपालिका सहकारी शाखाप्रमुख बिष्णु प्रसाद पौडेल, सामुदायिक रेडियो दर्पण एफ.एम सञ्चालक समितिका अध्यक्ष देवलाल काफ्ले लगायत नगर भित्र सञ्चालनमा आएका सहकारी संस्थाहरुका प्रतिनिधिको उपस्थिती रहेको थियो ।

    received_305825405935394.jpeg

    कार्यक्रममा वर्तमानमा तरलता एवं वित्तिय संकट के हो ? सहकारी संकटका कारणहरु के हुन सक्छन् ? संकट समाधानका उपाय र रणनीतिहरु बारे छलफल गरिएको थियो । कार्यक्रममा जिल्ला सहकारी संघका तिलकप्रसाद पराजुलीले प्रशिक्षण गर्नुभएको थियो । कार्यक्रमले सहकारी अभियानलाई झैं सशक्त बनाउने र जोखिमलाई न्युनिकरण गर्ने जानकारी जिल्ला सहकारी संघका सचिव श्यामसुन्दर लामिछानेले जानकारी गराउनु भयो। कार्यकमको सहजीकरण जिल्ला बचत तथा ॠण सहकारी संघ लिका सहसचिव नारायणप्रसाद पौडेलले गर्नु भएको थियो।


    तेस्रो आँखा