काठमाडौं, २७ माघ। सरकारका मन्त्रीहरु आफू चर्चामा आउनका लागि अनेकन ‘हतकण्डा’ अपनाउँछन्। सडकमै उत्रिएर विकास निर्माणदेखि बजार व्यवस्थापनको अवस्था बुझ्न खोज्ने मन्त्रीहरुको चर्चा पनि त्यति बेला निकै हुन्छ।
मन्त्रीहरु यो काममा आफ्नो चर्चाका लागि मात्रै सक्रिय हुन्छन् वा साँच्चिकै ‘समाज सुधार’ का निम्ती लागेका हुन्छन्? सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको पछिल्लो गतिविधीले यो प्रश्न उब्जाइदिएको छ।
गत साता मन्त्री झाँक्री धोविखोला करिडोर क्षेत्रमा सडकमा निस्कीइन्। बाक्लो सुरक्षा घेरा भित्र रहेर सडकमा हिँडेकी मन्त्री झाँँक्रीको सडक पैदल यात्राको लक्ष थियो ‘सडक पेटीमा रहेका भौतिक निर्माण सामाग्रीहरु हटाउने।’ उक्त दिन मन्त्री झाँक्री आफैले ती सामाग्रीहरु हटाउन लगाइन् पनि। तर मन्त्री झाँक्रीको त्यो ‘तामझाम’ अर्थहिन सावित भैसकेको छ। अहिले पनि उक्त करिडोर क्षेत्रको सडकमा विकास निर्माणका सामाग्रीहरु यत्रतत्र देखिन्छन्।
मन्त्री झाँक्रीले पैदल यात्रा गरेर करिडोर क्षेत्रको सडक खुल्ला गर्ने कदम चाले पनि त्यसको ‘फलोअप’ भने सरकारी निकायबाटै हुन सकेको छैन। यता ट्राफिक प्रहरी महाशाखाले भने मन्त्रीको उक्त सडक यात्रा पछि निरन्तर अनुगमन गरिएको झूट बोल्छ।
यहाँ सम्मकी उक्त सडकको पेटीमा अहिले कुनै पनि निर्माण सामाग्री भेटिन्नन्। ‘हामीहरुले निरन्तर अनुगमन गरिरहेका छौँ, महाशाखाका एक अधिकारीले भने ‘अहिले त्यहाँ कुनै पनि सामाग्री छैन।’ ट्राफिक प्रहरीले सेतोपुुल नजिकै बिट राखेर अनुगमन गरिरहेको दाबी गर्छ।
तेस्रो आँखाले कैद गरेको यो भिडियो ।
