• ट्रेण्डिङ्ग :
एमसीसीका बिषयमा जनतामा भ्रम फैलाउने काम भयाे - डा.महत

एमसीसीका बिषयमा जनतामा भ्रम फैलाउने काम भयाे - डा.महत


  • 7.9K
    SHARES
    • माघ २८, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 12.2K Views

    एमसीसीका  बिषयमा जनतामा भ्रम फैलाउने काम भयाे - डा.महत

    काठमाडाैं,२८ माघ । अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बिषयमा जनतामा भ्रम फैलाउने खेति भैरहेको नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशसरण महतले बताएका छन् । शुक्रबार नेपाल प्रेस युनियनको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै नेता महतले यस्तो बताएका हुन् । सडक, विद्युत र पूर्वाधारको क्षेत्रमा सहयोग आवश्यक ठानेर नेपालले नै यो परियोजनाको माग गरेको उनले प्रष्ट पारे ।

    images

     एमसीसी परियोजना संझौता भएर कार्यन्वायनको चरणमा गए नेपालमा सडक, विद्युत र पूर्वाधारको क्षेत्रमा सहयोग पुग्नका साथै जनताले रोजगारीका अवसर पाउने उनको भनाइ छ । परियोजनामा संझौता गर्ने विषयमा सबै दलका नेताहरुको सहभागिता र सहयोग रहेको महतले खुलासा गरे । उनले भने, ‘यो आयोजना कार्यन्वायनका लागि माओवादीका अध्यक्ष प्रचण्ड, नेता कृष्ण महरा, नेकपा एसका नेताहरु माधव नेपाल, झनाथ खनाल, एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओली सबैको सहभागिता र सहमति थियो ।’  

    ‘यो परियोजना अमेरिकाले छनोट गरेको होइन,’ उनले थपे, ‘नेपालले माग गरेको र नेपालले नै छनौट गरेको योजना हो ।’ हरेक दल सत्तामा पुगेका र एमसीसीका विषयमा सबैको सहभागिता रहेको उनको भनाइ छ । सत्ताबाहिर रहदा नेताहरुले जनतालाई भ्रम फैलाएको उनको आरोप छ  । ५ वर्ष लगाएर सबैले मेहनतका साथ एमसीसी परियोजनालाई अघाडि बढाएको महतले जिकीर गरे ।  

    उक्त परियोजना सबै दलहरुको सहमतिमा नेपाललाई आवश्यक्ता ठानेर २०१७ मा अघि बढाउने निर्णय गरेको र २०१९ देखि हुन्छ की हुन्न भनेर अनावश्यक बहसको विषय बनाइएको उनले बताए । एमसीसी परियोजना राष्ट्रलाई नै खतम पार्ने योजना भनेर कम्युनिष्ट पार्टीका केही नेताहरुले जनतामा भ्रम सृजना गरेको महतले दावी गरे । एमसीसी परियोजना कार्यन्वायन हुनुपर्नेमा उनले जोड दिए ।