• ट्रेण्डिङ्ग :
समृद्धिको अभिभारा पूरा गर्न एमाले सक्षम छ : अध्यक्ष ओली

समृद्धिको अभिभारा पूरा गर्न एमाले सक्षम छ : अध्यक्ष ओली


  • 3.1K
    SHARES
    • आषाढ १, २०८१ शनिबार
    • २ बर्षs अघि
    • 4.8K Views

    समृद्धिको अभिभारा पूरा गर्न एमाले सक्षम छ : अध्यक्ष ओली

    काठमाडौँ, १ असार । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय अभिभारा पूरा गर्न एमाले सक्षम रहेको बताउनुभएको छ ।

    images

     एमाले ललितपुर महानगर कमिटीको दोस्रो अधिवेशनको आज उद्घाटन गर्दै अध्यक्ष ओलीले स्वार्थका आधारमा एमालेविरुद्ध कतिपय हल्ला चलाइए पनि देश बनाउने एमालेको विचार र यात्रामा कसैले रोकावट गर्न नसक्ने जिकिर गर्नुभयो ।

    भ्रम चिर्दै विकास र समृद्धिको लक्ष्यमा अगाडि बढ्न एमाले अडिग र सक्षम रहेको बताउँदै उहाँले देश सुरुङ, रेल र पानीजहाजको युगमा प्रवेश हुँदा पनि केही पक्षले उडाउन नछाडेको टिप्पणी गर्नुभयो ।

    समारोहमा ललितपुरका पुराना कम्युनिष्ट नेता सिद्धिलाल सिंहलगायतलाई सम्मान गर्नुका साथै विभिन्न पार्टीबाट एमालेमा प्रवेश गर्नेलाई स्वागत गरिएको थियो । 


    तेस्रो आँखा