• ट्रेण्डिङ्ग :
विराटनगरमा तारणीप्रसाद कोइराला स्मृति सञ्चारग्राम 

विराटनगरमा तारणीप्रसाद कोइराला स्मृति सञ्चारग्राम 


  • 9.3K
    SHARES
    • माघ २९, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 14.2K Views

    विराटनगरमा तारणीप्रसाद कोइराला स्मृति सञ्चारग्राम 

    बिराटनगर,२९ माघ । विराटनगरमा निर्माण भइरहेको तारणीप्रसाद कोइराला स्मृति सञ्चारग्राम चैत अन्तिम साताबाट सञ्चालनमा आउने भएको छ । महानगरपालिकाको वडा नं –४ मा निर्माण गरिएको सञ्चारग्राममा रेडियो नेपालले आफ्नो स्टुडियो निर्माणलाई अन्तिम रुप दिदैछ । यसका साथै बिराटनगर महानगरपालिकाको समेत छुट्टै एफएम उक्त सञ्चारग्राममा सञ्चालनमा आउने छ ।

    images

    ६ कठ्ठा १८ धुरमा निर्माण भएको सञ्चारग्राममा रेडियो नेपालले आवश्यक स्टुडियोदेखि अन्य पूर्वाधार निर्माणलाई अन्तिम रुप दिँदै छ । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीका अनुसार सञ्चारग्रामको भौतिक संरचना निर्माणको काम महानगरले सम्पन्न गरिसकेको छ । प्रदेशका जनतालाई सुसुचित गर्न तथा सञ्चारमा बिश्वसनियता बढाउनका लागी सञ्चारग्राम सफल हुने मेयर पराजुलीले बताए ।

    पुर्व क्षेत्रमा लोप हुन लागेका भाका र संस्कृतिको संरक्षण गर्नका लागी सञ्चारग्राम सहयोगी बन्ने उनको भनाई छ ।  नेपाली रेडियो प्रसारणको इतिहासमा तारणीप्रसाद कोइरालाको योगदानको सम्मानमा स्थापना गरिएको सञ्चार ग्रामका माध्यमबाट सर्जकले काठमाडौंसम्म पुग्नुपर्ने बाध्यता हट्ने बिश्वास ब्यक्त गरेका छन । गायक सुमित खड्का बताउँछन,“समान्य गित रेर्कडिङका लागी काठमाडौंसम्म जानुपर्ने बाध्यताको अब अन्त्य हुनेछ ।”

    प्रदेशमा पहिचानमा आउन नसकेका प्रतिभाहरुको खोजी र भाकाहरुलाई स्थापित गराउन सञ्चारग्राम महत्वपूर्ण हुने खड्का बताउँछन ।  महानगरपालिकाको अगुवाइमा निर्माण भएको सञ्चारग्रामले सञ्चारकर्मीको क्षमता अभिवृद्धिका लागि विभिन्न प्रकारको तालिम, महानगर एफएम, गीत/संगीत तथा श्रव्य दृश्य सामग्री उत्पादन, पूर्वेली भाकालाई पनि प्रवद्र्धन गर्नेछ ।

    सञ्चार मन्त्रालयको १९ करोड ९६ लाख रुपैया लागतमा निर्माण भएको सञ्चारग्रामको भवन ४ तलाको रहेको छ । स्टिल स्टक्चरबाट बनाइएको सो ग्राम चैत्र १ गतेबाट संचालनमा आउने छ भने औपचारिक शुरुवात चैत्र २० गतेबाट गरिने बताइएको छ । 


    धिरज दाहाल
    लेखकबाट थप