• ट्रेण्डिङ्ग :
पहिराले मध्यपहाडी राजमार्ग र कालीगण्डकी करिडोर अबरुद्ध

पहिराले मध्यपहाडी राजमार्ग र कालीगण्डकी करिडोर अबरुद्ध


  • 2.9K
    SHARES
    • आषाढ १५, २०८१ शनिबार
    • २ बर्षs अघि
    • 4.5K Views

    पहिराले मध्यपहाडी राजमार्ग र कालीगण्डकी करिडोर अबरुद्ध

    बागलुङ १५ असार । गए राति भीषण वर्षासँगै खसेको पहिराले दुईवटा राष्ट्रिय राजमार्ग अबरुद्ध भएका छन् । मध्यपहाडी पुष्पलाल राजमार्ग र कालीगण्डकी करिडोरको बागलुङ खण्ड अबरुद्ध भएका हुन् ।  

    images

    कालीगण्डकी करिडोरअन्तर्गतको बागलुङ नगरपालिका–१० दब्ल्याङमा बाटो अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय यादवले जानकारी दिनुभयो । 

    मध्यपहाडी राजमार्गअन्र्तगत बागलुङका विभिन्न स्थानमा पहिरो खस्दा बाटो अबरुद्ध भएको छ । मध्यपहाडी राजमार्गको काठेखोला गाउँपालिका–६ इनारपानी, गलकोट नगरपालिका–३ बतासे डाँडा, गलकोट नगरपालिका–९ गल्याङ र बडिगाड गाउँपालिका–२ हाँडीखोलामा पहिरोले रडक पूर्ण रूपले अबरुद्ध भएको छ । 

    पहिरोका कारण बागलुङ–कुश्मीशेरा सडकको दव्ल्याङ खण्ड पनि अबरुद्ध भएको छ । बाटो खोल्ने प्रयास जारी रहेको सूचना अधिकारी यादवले बताउनुभयो । 


    तेस्रो आँखा