• ट्रेण्डिङ्ग :
कोशी ब्यारेजका सबै ५६ ढोका खोलिए, सतर्क रहन आग्रह

कोशी ब्यारेजका सबै ५६ ढोका खोलिए, सतर्क रहन आग्रह


  • 4.0K
    SHARES
    • आषाढ २३, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 6.1K Views

    कोशी ब्यारेजका सबै ५६ ढोका खोलिए, सतर्क रहन आग्रह

    धरान (सुनसरी) २३ असार  । पूर्वी पहाडी भेगमा निरन्तर वर्षा भएसँगै सप्तकोसी नदीको जलसतह बढेको छ । जलसतहमा भएको वृद्धिलाई दृष्टिगत गरी स्थानीय प्रशासनले कोसी ब्यारेजमा सबै ५६ वटा ढोका खोलेको छ । 

    images

    प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीका अनुसार ब्यारेजमा प्रतिघण्टा तीन लाख ६८ हजार क्युसेकभन्दा बढी पानी प्रवाह भएपछि सबै ढोका खोलिएका हुन् । नदीमा निरन्तर जलस्तर अनुगमन भइरहेको छ ।

    पानीको सतह निरन्तर बढेपछि कोशी ब्यारेजमा जोखिमको सङ्केत दिन रातो बत्ती बालिएको छभने राता झण्डा फहराइएका छन् । सप्तकोसी जलमापन केन्द्रले जलसतह जोखिम विन्दुभन्दा माथि पुगेको बताएको छ । नदीको भेल उदयपुर र सुनसरीका केही क्षेत्रमा पस्ने जोखिम बढेको छ । तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन प्रमुख अधिकारी तिवारीले आग्रह गर्नुभएको छ ।

     


    तेस्रो आँखा