• ट्रेण्डिङ्ग :
आज पनि सबै प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

आज पनि सबै प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना


  • 5.0K
    SHARES
    • आषाढ २४, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 7.7K Views

    आज पनि सबै प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

    काठमाडौं २४ असार/सुन न्यूनचापीय रेखा आजदेखि क्रमशः दक्षिणतिर सर्दै जाने भएको छ । योसँगै नेपालमा मनसुनको सक्रियतामा कमी आउने र वर्षाको मात्रा केही कम हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यद्यपि केही दिन कोशी र गण्डकी प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम र थोरै स्थानमा भारी वर्षाको सम्भावना भने कायमै रहेको महाशाखाले जनाएको छ । त्यस्तै, मधेश, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    images

    सोमबार बागमती र सुदूरपश्चिम प्रदेशका थोरै तथा गण्डकी र कर्णाली प्रदेशका एक/दुई स्थानमा आज बिहान हल्कादेखि मध्यम वर्षा भइरहेको छ । सुदूरपश्चिम प्रदेशमा पूर्णतया बदली छ ।

    दिउँसो र बेलुकी सबै प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

    मंगलबार पनि सबै प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    वर्षाका कारण भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम कायमै छ । त्यसबाट जोगिन आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।


    तेस्रो आँखा