• ट्रेण्डिङ्ग :
कर्णाली राजमार्ग चार दिनदेखि अवरुद्ध

कर्णाली राजमार्ग चार दिनदेखि अवरुद्ध


  • 7.1K
    SHARES
    • आषाढ २४, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 10.9K Views

    कर्णाली राजमार्ग चार दिनदेखि अवरुद्ध

    कालीकोट, २४ असार/ वर्षाका कारण कर्णाली राजमार्ग चार दिनदेखि अवरुद्ध छ । कालिकोटको शुभकालिका गाउँपालिका–१ गगनेखोलामा गएको  पहिरो अझै पन्छाउन सकिएको छैन ।

    images

    यसैगरी कर्णाली राजमार्गको एसमोड, हुल्मबजार, सेरिघाट, खाँडाचक्र नगरपालिका–४ मा पर्ने छेका, वडा नं ६ मा पर्ने मोल्फाबजार र तिलागुफा नगरपालिका–६ मा पर्ने टिमुरे भिरमा पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी एवं प्रहरी निरीक्षक पोषण थापाले जानकारी दिनुभयो । 

    पहिरोको जोखिममा रहेका स्थानीयलाई सुरक्षित स्थानमा जान अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले बताउनुयभो । “केही ठाउँमा घर भत्किएको खबर आएको छ”, उहाँले भन्नुभयो–“बाढी पहिरोको जोखिम रहेका बस्ती सुरक्षित ठाउँमा सार्ने काम भइरहेको छ ।”


    तेस्रो आँखा