• ट्रेण्डिङ्ग :
धरान-धनकुटा सडक अवरुद्ध

धरान-धनकुटा सडक अवरुद्ध


  • 2.7K
    SHARES
    • आषाढ २५, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 4.2K Views

    धरान-धनकुटा सडक अवरुद्ध

    सुनसरी, २५ असार/ निरन्तरको वर्षाका कारण आएको बाढीपहिरोका कारण धरान–धनकुटा सडक अवरुद्ध भएको छ । धनकुटाको सागुरीगढी–६ स्थित फेदीमा पहिरो खसेपछि बिहानदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजबाबु महर्जनले जानकारी दिनुभयो ।

    images

    सो सडकखण्डमा पर्ने फेदी, घण्टे र नमस्ते झर्ना क्षेत्रमा पहिरो झरेकोले सवारी आवतजावतमा समस्या भएको उहाँले बताउनुभयो । गर्जुवा खोलाबाट आएको बाढीका कारण ढुङ्गा र माटोसहितको लेदोले सडक ढाकेको उहाँले बताउनुभयो । “बाटो खोल्ने काम भइरहेको छ, पानी परिरहेकोले कतिखेर कहाँ पहिरो झर्नसक्ने अवस्था हुनसक्ने भएकोले सजक भएर हिँड्नुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो । 


    तेस्रो आँखा