• ट्रेण्डिङ्ग :
तुलसीपुरको सार्वजनिक सुनुवाई : नगरसंगै सटेका व्यवसायीक भवन हटाएर पार्किङ स्थल बनाइने

तुलसीपुरको सार्वजनिक सुनुवाई : नगरसंगै सटेका व्यवसायीक भवन हटाएर पार्किङ स्थल बनाइने


  • 3.9K
    SHARES
    • आषाढ २५, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 6.0K Views

    तुलसीपुरको सार्वजनिक सुनुवाई : नगरसंगै सटेका व्यवसायीक भवन हटाएर पार्किङ स्थल बनाइने

    रुपा थापा, तुलसीपुर, २५ असार/ तुलसीपुर उपमहानगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । तुलसीपुर उपमहानगरपालिकाको आयोजना तथा साथीभाइ मिडिया प्रालिको सहजीकरणमा कार्यक्रम भएको हो । 

    images

    तुलसीपुर वडा नं। ८ का वडाध्यक्ष तथा सार्वजनिक सेवा तथा सुशासन समितिका संयोजक धर्मराज वलीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा सार्वजनिक सुनुवाई कार्यक्रमको सम्पन्न भएको हो ।

    कार्यक्रममा सहभागीहरुले युवामैत्री बजेट निर्माण गर्नुपर्ने, पार्किङको व्यवस्थापनमा ध्यान दिनुपर्ने, न्यायिक समितिले न्याय निरुपनमा प्रभावकारी भूमिका खेल्नुपर्ने सुझाव दिएका छन् । कार्यक्रको उद्घाटन गर्दै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले सार्वजनिक सेवा प्रवाहमा आएका नागरिकका गुनासाहरुको सामना गर्दै सेवा प्रवाह कार्यलाई प्रभावकारीता बनाउने प्रयास गर्ने बताउनु भयो । त्यस्तै आगामी आ।व। २०८१/८२ मा ५० करोडको बजेट कार्यान्वयन गर्ने लक्ष्य लिएको बताउँदै तुलसीपुरलाई एउटा सुन्दर नगरपालिका बनाउनका लागि काम अघि बढेको जानकारी दिनुभयो ।

    नगरप्रमुख टिकाराम खड्काले सहभागीले राखेका प्रश्न तथा गुनासाको जवाफ दिनुहुँदै नगरको गेटसंगै सटेका व्यवसायीक भवन हटाएर पार्किङ स्थल बनाउन लागेको बताउनुभयो । नगरले जग्गा खालि गर्नका लागि सार्वजनिक सुचना नै जारी गरिसकेको र साउन १ गतेदेखि काम अघि बढ्ने उहाँले बताउनुभयो ।

    यस्तै उहाँले उपमहानगरपालिकाले आवश्यकताको आधारमा बजेट बिनियोजन गरिरहेको बताउनुभयो । उहाँले नगरले संचालन गरिरहेको मेट्रो कलेजमा ३ सय छोरीहरुले निशुल्क पढिरहेको बताउनुभयो ।

    कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका सूचना अधिकारी बाबुराम न्यौपानेले आर्थिक वर्ष २०८०/८१ मा सञ्चालन भएका प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।  त्यस्तै कार्यक्रममा मेट्रो कलेज तुलसीपुरकी रश्मी थापाको गुनासोमा न्यायिक समितिकी संयोजक लालमति भण्डारीले जवाफ दिनु भएको थियो । लालबहादुर रावत, दिपक वलीले गरेको गुनासोमा मानबहादुर रावतले जवाफ फर्काएका थिए । कार्यक्रमको सहजीकरण बसन्त पौडेलले गरेका थिए ।

    450460515_494171073291685_5491256763451789364_n.jpg
    undefined


    तेस्रो आँखा