• ट्रेण्डिङ्ग :
धितोपत्र बोर्डको अध्यक्षका लागि तीन जनाको नाम सिफारिस

धितोपत्र बोर्डको अध्यक्षका लागि तीन जनाको नाम सिफारिस


  • 6.7K
    SHARES
    • फाल्गुण २, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 10.3K Views

    धितोपत्र बोर्डको अध्यक्षका लागि तीन जनाको नाम सिफारिस

    काठमाडौं, २ फागुन। नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि तीन जनाको नाम सिफारिस भएको छ। सोमबार बसेको सिफारिस समितिको बैठकले बोर्डको अध्यक्षका लागि तीन जनाको नाम सिफारिस गरेको हो।

    images

    नाम सिफारिस हुनेमा कृष्णराज पोखरेल, डा. गोपाल भट्ट र रमेश हमाल रहेका छन्। सिफारिस भएका तीन जनामध्ये एक जनालाई मन्त्रिपरिषद्ले अध्यक्षमा नियुक्त गर्नेछ। 

    अध्यक्षका लागि १५ जनाको आवेदन परेकोमा छनोट तथा सिफारिस समितिले आइतबार पाँच जनालाई अन्तर्वाताका लागि बोलाएको थियो। पाँच जना मध्येबाट पनि तीन जना छनोट भएका छन्।

     


    तेस्रो आँखा