• ट्रेण्डिङ्ग :
पृथ्वीराजमार्ग सात घण्टापछि खुल्यो

पृथ्वीराजमार्ग सात घण्टापछि खुल्यो


  • 3.1K
    SHARES
    • आषाढ २८, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 4.7K Views

    पृथ्वीराजमार्ग सात घण्टापछि खुल्यो

     तनहुँ, २८ असार ।  पृथ्वीराजमार्ग अन्तगर्त व्यास नगरपालिका–१२ घाँसीकुवामा पहिरो खसेर अवरुद्व भएको सडक सात घण्टापछि खुलेको छ । 

    images

    मुग्लिन–पोखरा सडक विस्तार आयोजनाका तीनवटा उपकरण  प्रयोग गरी पहिरो पन्छाएपछि सडक दुईतर्फी सञ्चालन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले  जानकारी दिनुभयो । 

    “ठूलो पहिरो खसेकाले पन्छाउन समय लागेको हो”,उहाँले भन्नुभयो, “अहिले दुइतर्फी सडक पूर्ण रुपमा सञ्चालनमा आएको छ ।”

    पहिराले अस्पतालमा क्षति, सेवा बन्द

    तनहुँको भानु नगरपालिका–५ स्थित पुरनडिही अस्पताल भवनमा पहिरो खस्दा सेवा प्रभावित भएको छ । पहिराले अस्पताल भवनको प्रयोगशाला र प्रसूति कक्षमा क्षति भएको भानु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले बताउनुभयो ।

    अस्पतालबाट अति आवश्यक आधारभूत सेवामात्र प्रवाह भइरहेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालबाट नियमित सञ्चालन भइरहेको प्रयोगशाला सेवा र प्रसूति सेवा भने पूर्ण रूपमा बन्द हुने अस्पतालले एक सूचना निकालेर जनाएको छ । 


    तेस्रो आँखा