• ट्रेण्डिङ्ग :
एनआरएनए अमेरिकाको १३ औं साधारण सभा तथा ज्ञान सम्मेलन सुरु

एनआरएनए अमेरिकाको १३ औं साधारण सभा तथा ज्ञान सम्मेलन सुरु


  • 4.6K
    SHARES
    • आषाढ २९, २०८१ शनिबार
    • २ बर्षs अघि
    • 7.0K Views

    एनआरएनए अमेरिकाको १३ औं साधारण सभा तथा ज्ञान सम्मेलन सुरु

    अमेरिका, २९ असार । एनआरएनए अमेरिकाको १३ औं साधारण सभा तथा ज्ञान सम्मेलन आजदेखि मेरिल्याण्ड राज्यको बाल्टिमोरमा सुरु हुँदैछ । 

    images

    कार्यक्रममा सहभागी हुन पदाधिकारीहरु, साधारण सदस्यहरु र अभियन्ताहरु बाल्टिमोरमा शुक्रबारदेखि नै आउने क्रम जारी छ । उद्घाटन कार्यक्रमको सम्पूर्ण तयारी सकिएको साधारण सभा तथा ज्ञान सम्मेलनका कन्भेनर विकास उप्रेतीले जानकारी दिए ।

    उद्घाटन कार्यक्रममा चार सय प्रतिनिधिको सहभागीता रहने आयोजकको विश्वास रहेको मिडिया संयोजक सतीश चापागाईंले जानकारी दिए । 

    आज उद्घाटन कार्यक्रम सकिएलगत्तैको समय साईन्स एण्ड टेक्नोलोजीका कार्यक्रमहरुमा दिनभर छलफल र परामर्श हुने पनि चापागाईंले जानकारी दिए । 

    आईतबारको दिन वन्द सत्रको लागि छुट्याईएको पनि चापागाईले बताए ।


    तेस्रो आँखा