• ट्रेण्डिङ्ग :
दंगीशरणमा एक किलोमिटर सडक कालोपत्रे 

दंगीशरणमा एक किलोमिटर सडक कालोपत्रे 


  • 3.1K
    SHARES
    • श्रावण १०, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 4.7K Views

    दंगीशरणमा एक किलोमिटर सडक कालोपत्रे 

    प्रमोद आचार्य,दंगीशरण/ दंगीशरण गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ मा भौतिक पुर्वाधार अन्तर्गत सडक तर्फ १ किलोमिटर सडक कालोपत्रे गरेको छ । त्यसैगरी सडक स्तरोन्नती तर्फ ३.५ किलोमिटर, ग्राभेल रोलिङसहित ७.५ किलोमिटर र नयाँ ट्र्याक १ किलोमिटर खोलिएको छ ।

    images

    मानविय विकास संगै भौतिक पुर्वाधारको विकासलाई संगै जोडेर अगाडि बढेको गाउँपालिकाले सडक तर्फ कालोपत्रे र पक्कि नाला सहितको सडकको मापदण्ड अनुरुप प्राथमिकतामा राखि अगाडी बढाएको पुर्वाधारशाखा प्रमुख भुम प्रसाद बोहराले बताउनुभयो ।

    चालु आर्थिक वर्षमा पनि सिँचाइ र सडकलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने सोचमा आफुहरु रहेको गाउँपालिका अध्यक्ष शम्भु गिरीले बताउनुभयो । अध्यक्ष गिरीले आफु निर्वाचित भएर आए लगत्तै गाउँपालिकाको शुसासन, पारदर्शिता र मितब्ययितालार्इ प्राथमिकतामा राखेर अगाडि बढेको बताउनुभयो । कुनै पनि ठाउँको विकास हुनलाई सर्वप्रथम त्यस ठाउँको मानविय विकास अपरीहार्य रहने बताउदै गिरीले मानविय विकास अन्तरर्गत अपाङ्गता, बिपन्न, गरीव, सिमान्तकृत महिला तथा जेष्ठ नागरीकको क्षेत्रमा थुप्रै लोकप्रिय कार्यक्रमहरु लागु गरेको बताउनुभयो ।

    अर्को प्रसङ्गमा अध्यक्ष गिरीले सबैभन्दा नजिकको र सहारा दिने सरकार भनेकै स्थानीय सरकार रहेकाले पनि आम जनतालाई स्थानिय सरकारको महशुस हुनेगरी अगाडी बढेको बताउनुभयो । जनताका कयौँ आशा अपेक्षा छन् तर, हामीसँग सीमित साधन स्रोत छ । यसका बाबजुत पनि हामीले जनताका आशालाई निरासामा बदलिन दिएका छैनौं ।अध्यक्ष गिरीले भन्नुभयो । जनतालाई दुःख पीडा पर्दा स्थानीय सरकारको स्रोत साधनले पुगेसम्म उहाँहरूको दुःखमा हरपल साथमै रहेको महसुस दिलाउनेगरी अगाडि बढेकाछौ अध्यक्ष गिरीले बताउनुभयो ।

    पछिल्लो समय घटेर आउने बजेट अनि नागरिकको चाहाना र आवस्यकता बढ्नुले पनि विकासमा सोचेअनुरुप अगाडि नबढेको बताउनुभयो ।

     


    तेस्रो आँखा