दाङ १० साउन/ दाङका ६ गाउँपालिकाका वेवसाइट डाउन भएका छन् । १० स्थानीय तहमध्य ६ पालिकाका वेवसाइट डाउन भएका हुन् ।
बिहीबार बिहानैदेखि देउखुरीका तीन राप्ती, गढवा र राजपुर गाउँपालिकाका वेवसाइट चलेका छैनन् । यस्तै बंगलाचुली, शान्तिनगर र दंगीशण गाउँपालिकाका वेवसाइट पनि खुल्दैनन्। पालिकाका वेवसाइट नखुल्दा नागरिकहरू अनलाइन सेवा पाउनबाट बञ्चित भएका छन् ।
यस्तो समस्या स्थानीय तहका वेवसाइटमा बारम्बार आइरहन्छन् । तर दीर्घकालिन समस्या समाधान भएको देखिदैन ।
