• ट्रेण्डिङ्ग :
पहिरोपीडितलाई विद्यालयमा सारियो

पहिरोपीडितलाई विद्यालयमा सारियो


  • 2.6K
    SHARES
    • श्रावण ११, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 4.0K Views

    पहिरोपीडितलाई विद्यालयमा सारियो

    रुकुम, ११ साउन । सानीभेरी गाउँपालिका–७ र ८ का पहिरोपीडित नौ परिवारलाई स्थानीय विद्यालयमा सारिएको छ । 

    images

    गाउँपालिका–७ को पोखरेल गाउँमा बिहीबारको पहिरोले नैनी पुनको दुईतले चारकोठे कच्ची घर पूर्ण रूपमा क्षति पुर्याएको छ भने सोही गाउँका आठ घर पनि पहिरोको चपेटामा परेका छन् । तीसँगै वडा नं ८ सार्कीडेराका एक घर गरी नौ घरका विस्थापितलाई विद्यालयमा स्थानान्तरण जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।
     
    विस्थापित आठ घरपरिवारलाई सानीभेरी गाउँपालिका–८ को बालकल्याण आधारभूत विद्यालय भवनमा स्थान्तरण गरिएको र एक घरपरिवारलाई छिमेकीको घरमा आश्रय दिइएको समितिका संयोजक प्रमुख जिल्ला जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिनुभयो । क्षतिको विवरण सङ्कलन भइरहेको छ । 


    तेस्रो आँखा