• ट्रेण्डिङ्ग :
रेड एफएमद्वारा स्वागत

रेड एफएमद्वारा स्वागत


  • 2.8K
    SHARES
    • श्रावण १५, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 4.3K Views

    रेड एफएमद्वारा स्वागत

    क्यानडा । नेपाली रेडियो क्याल्गरी र रेड एफएमले क्यानडाका लागि नेपाली  महामहिम राजदूत भरतराज पौडेल र नेपाल अमेरिका पत्रकार संघ का अध्यक्ष सुरज भण्डारीलाई स्वागत गरेको छ। 

    images

    एफएम परिसरमा स्वागत गर्दैं  रेड एफएमका स्टेशन म्यानेजर जयन्त चौधरीले नेपाली रेडियो क्याल्गरी र रेड एफएमबीचको सहकार्य सम्बन्धमा विस्तृत जानकारी गराएका थिए । उनले क्यानाडाली समुदायभित्र बहुसांस्कृतिक समझदारीलाई प्रोत्साहित गर्ने र नेपाली संस्कृतिको प्रवर्द्धन गर्न यो साझेदारीको रणनीतिक महत्त्वलाई जोड दिए।

    भेटघाटका क्रममा  एफएम स्टेशनहरूको सञ्चालन प्रणाली र क्यानाडाली डायस्पोरामा यसको महत्त्वको बारेमा छलफल भएको थियो ।

    यस भ्रमणको संयोजन गर्नुहुने नेपाली रेडियो क्याल्गेरीका संस्थापक संयोजक एवम् नेप्लिज कम्युनिटी सोसाइटी अफ क्यालगेरीका उपाध्यक्ष सूर्य अधिकारीले अतिथी द्वयको भ्रमणले नेपाली रेडियोको ३०० भन्दा बढि श्रृंखला एवम् छ वर्षको इतिहासको उच्च कदर भएको बताउदै नेपाली रेडियो क्याल्गेरीको कांधमा थप जिम्मेवारी बढेको बताए ।


    तेस्रो आँखा