सुर्खेत, १८ साउन । केन्द्रमा राजनीतिक समीकरण फेरिएको लामो समयपछि कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी हुने भएको छ । नेकपा एमाले नेतृत्वको सरकारमा कांग्रेसबाट चार जना मन्त्री सहभागी हुने छन् ।
कांग्रेस प्रमुख सचेतक हिक्मत विष्टका अनुसार दिउँसो १ बजे मन्त्रीहरुको नाम मुख्यमन्त्री यामलाल कँडेललाई बुझाइने बताए । ‘संसदीय दलकातर्फबाट मन्त्रीहरुको नाम दिउँसो १ बजे मुख्यमन्त्रीलाई बुझाउँदैछौं,’ विष्टले भने, ।
स्रोतका अनुसार कांग्रेस केन्द्रीय सदस्य राजीवविक्रम शाहको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी हुँदैछ । उनीसँगै सल्यानका सुरेश अधिकारी, दैलेखका घनश्याम भण्डारी र हुम्लाकी विजया बुढा मन्त्री हुने संभावना छ ।
