• ट्रेण्डिङ्ग :
दुई वर्षभित्र कर्णालीमा पूर्ण विद्युतीकरण

दुई वर्षभित्र कर्णालीमा पूर्ण विद्युतीकरण


  • 3.1K
    SHARES
    • श्रावण २०, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 4.8K Views

    दुई वर्षभित्र कर्णालीमा पूर्ण विद्युतीकरण

    सुर्खेत, साउन २० / जलस्रोत तथा उर्जा विकास मन्त्री विजया बुढाले आगामी दुई वर्षभित्र कर्णालीमा पूर्ण विद्युतीकरण गर्ने बताएकी छन् । आतबार पदभार ग्रहण गर्दै मन्त्री बुढाले हाल कर्णालीका ८३.१३ प्रतिशत घरधूरीमा विद्युतीकरण पुगेको बताउँदै आगामी दुई वर्षभित्र त्यसलाई शत प्रतिशतमा पर्‍याउने बताइन् ।453458733_2043269862736531_4281254904731923861_n.jpg

    images

    ‘दीगो विकास लक्ष्य–२०३० तथा संघीय सरकारले पनि दुई वर्षभित्र पूर्ण विद्युतीकरण गर्ने लक्ष्य लिएको छ,’ मन्त्री बुढाले भनिन्, ‘उक्त लक्ष्य प्राप्तिका लागि प्रदेश सरकार आवश्यक रणनीति र कार्ययोजनासहित अघि बढ्छ ।’ उनले दुई वर्षभित्र कर्णालीलाई पुर्ण विद्युतीकरणका लागि कर्णाली जलविद्युत कार्ययोजना–२०८१ तयार गरेर लागू गरिने बताइन् ।

    ‘सौर्य मिनी ग्रीड आयोजना, लघु तथा साना जलविद्युत आयोजना निर्माण तथा पुनस्थापना र घरायसी सौर्य उर्जा प्रविधिजस्ता भौगोलिक बनावट अनुकूल आयोजनाहरु कार्यान्वजयन गरिनेछ,’ मन्त्री बुढाले भनिन्, ‘उक्त कार्ययोजना कार्यान्वयनका लागि तीन तहका सरकार र संवद्ध विकास साझेदारहरुसँग समन्वय र सहकार्यलाई निरन्तरता दिइनेछ ।’


    तेस्रो आँखा