• ट्रेण्डिङ्ग :
वडाध्यक्षसँग पाँच प्रश्न (तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ का वडाध्यक्ष रामबहादुर जिसी)

वडाध्यक्षसँग पाँच प्रश्न (तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ का वडाध्यक्ष रामबहादुर जिसी)


  • 8.0K
    SHARES
    • श्रावण २०, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 12.2K Views

    वडाध्यक्षसँग पाँच प्रश्न  (तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ का वडाध्यक्ष रामबहादुर जिसी)

    वडामा भएका गतिविधिहरु सर्वसाधारणमा जानकारी गराउने उद्देश्यले तेस्रो आँखा डटकमले विभिन्न पालिकाहरुका वडा अध्यक्षहरुसँग पाँचवटा प्रश्नहरु सोध्ने अभियान चलाएको छ । सो अभियान अन्तर्गत आज हामीले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष रामबहादुर जिसीसँग पाँचवटा प्रश्नहरु सोधेका छौं । प्रस्तुत छ, वडाध्यक्ष जिसीसँग तेस्रो आँखाका सहसम्पादक अञ्जना चौधरीले गरेको कुराकानीको सम्पादित अंंश ।  

    images

    १- जनतालाई चुनावको समयमा गरेका बाचाहरु मध्ये कति काम सम्पन्न भयो र कति काम हुन बाँकी छ ? 

    गएको दुई वर्षमा बजेट कम भएकाले चुनावको समयमा बाचा गरेको भन्दा केही काम गर्न बाँकी छ । र जनताहरुले पाउँनु पर्ने आधारभुत आवश्यकतालाई मध्यनगर गरेर अहिले वडाबाट सञ्चालन गर्ने काम फोटोकपी मेसिन निःशुल्क, हेल्प डेस्क निःशुल्क गरेका छांै । त्यसैगरी पुर्वाधारतर्फ डिल्लीबहादुर चौधरी मुख्यमन्त्री हुँदा वडाका पाँचवटा बाटोहरु कालोपत्रे गरेका छौ, जसका कारण जनताहरु खुशी हुनुहुन्छ । सिंचाई तर्फ हामीले वृहत्त सिंचाईको सहायतामा सातवटा कुलोहरु निर्माण हुनुका साथै वडामा भएका एक गाउँबाट अर्को गाउँमा जादाँखेरी अप्ठेरो पर्ने ठाउँमा कल्भर्ट बनाएका छौ । त्यस्तै शिक्षा क्षेत्रतर्फ हामीले बालशिशु कक्षा सञ्चालनमा आउँदै गरेका मोतीपुर प्रावि स्कुलकोलागि दुईजना शिक्षकको व्यवस्था गरिसकेको अवस्था छ । त्यस्तै डाँडाँपातुको प्रावि स्कुलमा टिनको छाना लगाएको विद्यालयमा हामी आएर ढलान गरेर विद्यार्थीहरुलाई पढ्न सहज भएको छ । मावि कालाखोलामा अपाङ्गता–अशक्तहरुले पढ्ने छायाँ नेपालबाट निर्माण भएको विद्यालय छ, जसमा जो ८० प्रतिशत छायाँ नेपाल र २० प्रतिशत तुलसीपुर उपमहानगरपालिकाको लगानिमा भवन बनेको छ । जहाँ १४ जना विद्यार्थीहरुले अध्ययन गर्न पाएका छन् । त्यो विद्यालय हामी आएपछि सञ्चालनमा ल्याएका हौ । मावि कालाखोलामा गणित र विज्ञान विषयको शिक्षक नभएको अवस्थामा वडाको पहलमा शिक्षा शाखाबाट गणीत पढाउने शिक्षकको व्यवस्था भएको छ भने विज्ञान शिक्षको पनि व्यवस्था गरेका छौं, जसको कारण अहिले रिजल्ट राम्रो आएको छ । विद्यालयको अधुरो भवन निर्माण गर्नकोलागि वडाको पहलमा प्रदेश सरकारबाट ४० लाख रुपैया आएर काम भई रहेको छ । त्यस्तै कुमाल गाउँ र ग्वारखोलामा बाल शिशु सञ्चालनमा ल्याएका छौ । हामी आएसंगै दुई ठाउँमा स्वास्थ्य क्लिनिकहरु संचालनमा ल्याएका छांै । शान्ति सुरक्षा अमनचयन गर्नकोलागि दुई ठाउँमा अस्थायी प्रहरी पोस्ट राखेका छौ । कृषकहरुको आर्थिक अवस्था उठाउँनकोलागि बिउबिजनदेखि लिएर कृषकलाई चाहिने आधारभुत कुराहरु निर्माण भएको छ । थोरै भएपनि वन क्षेत्रहरुमा तारबार गरेका छौ । खासगरी तुलसीपुर लगायत दाङ्गलाई चिनाउने राप्ती शान्ति उद्यान पार्कमा २५ लाख रुपैयाँ पुर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीको पहलमा बोटिंग पुल निर्माण गरेका छौ । मठमन्दीर निर्माण, संरक्षण गर्ने काम भईरहेको छ । बाढीले क्षति गर्ने स्थानमा तटबन्ध निर्माण गर्नकोलागि पहल गरिरहेका छौ । हामी निर्वाचित भएर आएपछि जनताहरुको अपेक्षा अनुसार सम्पन्न नगरेता पनि जनताहरुले अपेक्षा गरेका आधारभुत आवश्यकता पुरा गरेका छौ ।

    २-वडाको समग्र गतिविधिहरु सञ्चालन गर्दा जनताबाट निवाचित भएर आएका वडा सदस्यहरुलाई सहभागी गराइँदैन भन्ने गुनासोहरु सुनिन्छ । तपाईको वडामा यस्तो छ कि छैन ?

    यस्तो खालको गुनासो कुन वडामा आयो यो मलाई थाहा भएन । तर हाम्रो वडाको सन्दर्भमा निर्वाचित भएर आईसकेपछि जनप्रतिनिधिहरुलाई मैले आफैनै, ६५ वटा टोलहरु छ, ति टोलको रिर्पोट ल्याउने काम मेरो वडाको चारजना जनप्रतिनिधिहरुलाई दिएको छु । उहाँहरुले ल्याएको रिर्पोटलाई हामीले पहिला म लगायत वडासदस्यहरु बीच छलफल गरेपछि संघसंस्थाका पदाधिकारी, राजनीतिक दलका पदाधिकारीहरुबीच बृहत रुपले छलफल गरेर हामीले काम गर्दै आएका छौं । समग्र वडाको बस्तुस्थिती बुझेर जुन ठाउँमा जुन टोलमा बढी भन्दा बढी जे कुराको आवश्यकता छ, त्यसलाई प्राथमिकता दिएर अगाडी बढेको अवस्था छ । यदि मेरो वडाबाट केही गुनासो आएमा म सुधार गर्न तयार छु । तर मेरो वडाबाट त्यस्तो खालको गुनासोहरु आएको छैन भन्ने ठोकुवा गर्न चाहन्छु ।

    ३-वडाको समग्र समृद्धिकालागि तपाईका भावी योजनाहरु के छन् ?

    तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ को भावी योजना मध्येमा पूर्वमा पर्ने ग्वारखोलालाई तटबन्ध गरेर बस्ती संरक्षण गर्ने मेरो पहिलो भावी योजनामा राखेको छु । त्यस्तै गरेर बेतनी खोलादेखि घुसरी जोड्ने पुल, जहाँ केही दिन अघि मात्रै घटना घटेको थियो, त्यहाँदेखि सेन्टरगुम्नै र घुसरी हुँदै राप्ती शान्ति उद्यान पार्क जाने बक्स पुल निर्माण गर्ने, बुढागाउँदेखि मटेरा जाने बाटोमा कल्भर्ट निर्माण गर्नकोलागि प्रदेश सरकारबाट रातो कितावमा सूचिकृत भएर आईसकेको छ । त्यसलाई सम्पन्न गर्ने, कालाखेला माविमा आवत जावत गर्नकोलागि विद्यार्थीलाई गाह्रो छ, त्यहाँ ट्रक्सपुल निर्माण गर्ने, वडा नं. ७ र ६ मा पर्ने कपडादेविमा झोलुङ्गे  पुल निर्माण गर्ने, र वडाको पश्चिममा पर्ने वडा नं. ३ र ९ संग जोडिएको सिमानामा झोलुङ्गे  पुल निर्माण गर्ने, र सातगाउँले कुलोलाई बजेट पार्ने योजना छ । त्यस्तै तुलसीपुर उपमहानगरपालिका नगरप्रमुख, उपप्रमुख र वडाध्यक्षहरुलाई धन्यवाद दिन चाहान्छु, उहाँहरुको सहयोगमा वडाको भवन निर्माण हुँदै छ, केही दिनमा ढलाई हुनेछ यो काम हामी आएपछि भएको हो । वडाको भवन निर्माण भएपछि वडाबाट जनताहरुलाई दिने प्रशाननिक सेवाहरु सम्पन्न हुन्छ भन्ने लागेको छ । शिक्षा, स्वास्थ्य, खानेपनी, सिंचाई, कृषी, रोजगार सम्बन्धि प्रर्वद्धन गर्नकोलागि हामी छुट्टै किसिम काम गर्ने, व्यवसायीहरु संग पनि जोडिएर र वास्तिविक किसानलाई पहिचान गरेर व्यवसायीको जीवनस्तरलाई अगाडी बढाउनकोलागि भूमिका खेल्ने हाम्रो भावी योजना छ । 
    ४- जनताको प्रतिनिधि र वडाध्यक्षको हैसियतले वडावासीहरुको जनगुणसोहरु कत्तिको सुन्नुहुन्छ ?

    हामी आकाशबाट खसेको होइन, जमिनबाट निस्किएर आएको पनि होइन, जनताबाटै चुनिएर आएको जनप्रतिनिधि हौ । त्यसैले जनताको आवाजलाई सहनसिल तरिकाले सम्बोधन गर्नुपर्ने हाम्रो दायित्व हो र त्यो काम गर्दै आएका पनि छौं । उहाँहरुको हित्तचित्त नबुझेका कुराहरुलाई सहजै स्विकार गरेर, उहाँहरुको समस्या समाधान गर्नकोलागि हामीले मलजल गर्नु पर्छ र हामीबाट हुने काममा जनताहरुँंग सहकार्य गर्दै पनि आएका छौ । जनताहरुबाट आउने ससाना समस्याहरु लगायत घर भत्किएको, वन्यजन्तुबाट पीडित भएको कुराहरु, जेष्ठ नागरिकहरुको समस्या समाधानकालागि भावी योजनामा राखेका छांै । वडाको बीचमा पर्ने दुई वा तीन ठाउमाँ सेन्टर बनाएर केही समयपछि हामीले जेष्ठनागरिक सुरक्षा भत्ता दिने र अशक्त असाह्यहरुलाई घरघरमा गएर जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता दिएको अवस्था छ भने जनता र जनप्रतिनिधिको सम्बन्ध नङ्गं र मासुको जस्तो छ– हाम्रो वडामा ।

    ५- सन २०३० सम्ममा दिगो विकासका लक्ष्यहरु प्राप्त गरि सक्नुपर्ने समय सीमा छ । त्यसकोनिम्ति तपाईको तयारी के छ ?

    अहिले हामीले हाम्रो समग्र वडालाई मध्यनजर गरेर दिगो योजना बनाउने क्रममा छौं । त्यसकोलागि हामीलाई प्राविधिक ज्ञानको पनि आवश्यकता पर्छ । सबै कुराहरु जनप्रतिनिधिहरुबाट हुँदैन, त्यसकारण अनुभवी सल्लाहाकार, कानूनी सल्लाहाकार र प्राविधिकलाई राखेर हामीले दिगो विकास सम्बिन्धि योजना लेखेका छौ । तर कार्यान्वयन सुरु भएको छैन । हामीले विशेष किसिमले राप्ती शान्ति उद्यान पार्कदेखि घुसरीहुँदै बेतनी खोला आउँने बाटोलाई कालोपत्रे गर्ने र यो वडाको सम्बध प्रगाढ बनाउने योजना छ । त्यस्तै प्रत्येक शिक्षा क्षेत्रमा प्रत्येक सामुदायिक विद्यालयमा गएर अक्षर सुधार कार्यक्रम राख्ने तयारी गरेका छांै । जस्तै महिला हिंसा पीडितलाई न्याय दिने र महिला, दलित, पिछडा, विपन्न र जनजाती वर्गका महिलाहरुलाई संयुक्त रुपमा सचेतना मूलक कार्यक्रम सञ्चालन गर्ने र उनीहरुलाई आवश्यक पर्ने पढाईको आधारमा मन्टेश्वरी कार्यक्रम सञ्चालन गरेर रोजगारमा परिणत गर्ने हामीले दृढ योजना बनाएको अवस्था छ । भने कृषकलाई पनि शिक्षिक कृषकको रुपमा चिनिने गरी अगाडी बढाउने कुरामा हामी लागेको अवस्था छ । यी विविध कुराहरुसहित हाम्रा अन्य योजनाहरु पनि छन, त्यही अनुसार अगाडी बढेका पनि छांै । 


    तेस्रो आँखा