• ट्रेण्डिङ्ग :
पहिरोमा चार घर पुरिए, एकजनाको मृत्यु

पहिरोमा चार घर पुरिए, एकजनाको मृत्यु


  • 2.5K
    SHARES
    • श्रावण २२, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 3.9K Views

    पहिरोमा चार घर पुरिए, एकजनाको मृत्यु

    बागलुङ, २२ साउन । बडिगाड गाउँपालिका–९ दर्लिङखोलामा पहिरोले एउटा घर पुरिएको छभने एकजनाको मृत्यु भएको छ । भीमगोठस्थित इलाका प्रहरी कार्यालयका अनुसार पहिरोमा परी १५ वर्षीय विधान परियारको मृत्यु भएको हो । उनको शव परीक्षणका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र लगिएको छ ।

    images

    बडिगाड गाउँपालिका–१० दर्लिङमा तीनवटा घर पुरिएका छन् । विकट स्थानमा पहिरो खसेकाले त्यहाँ पुग्न कठिन भएको प्रहरीले जनाएको छ । ती घरमा मानिस भएनभएको यकिन हुन बाँकी रहेको वडा नं ९ का वडाअध्यक्ष कृष्ण बहादुर केसीले बताउनुभयो । 


    तेस्रो आँखा