• ट्रेण्डिङ्ग :
मलेसियामा आयोजित तेक्वान्दो  खेलमा स्वर्ण पदक प्राप्त गरेका खत्रीलाई सम्मान

मलेसियामा आयोजित तेक्वान्दो  खेलमा स्वर्ण पदक प्राप्त गरेका खत्रीलाई सम्मान


  • 8.0K
    SHARES
    • श्रावण २३, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 12.3K Views

    मलेसियामा आयोजित तेक्वान्दो  खेलमा स्वर्ण पदक प्राप्त गरेका खत्रीलाई सम्मान


    भरत विश्वकर्मा /रोल्पा, २३ साउन । मलेसियाको क्वालालम्पुरमा आयोजित छैटौँ हिरोज तेक्वान्दो अन्तराष्ट्रिय प्रतियोगितामा नेपालबाट सहभागि भइ स्वर्ण पदक प्राप्त गर्न सफल रोल्पाका हेमन्त खत्रीलाई रोल्पाको सुनिलस्मृति गाउँपालिकाले सम्मान गरेको छ ।

    images

    यहि साउन १५ गते देखि १७ सम्म विभिन्न १६ देशको सहभागितामा सम्पन्न भएको तेक्वान्दो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै खत्रीले ४० वर्ष मुनिको हिरोज तेकान्दो खेलमा स्वर्ण पदक जितेका थिए । उनलाई बुधबार एक कार्यक्रम बिच गाउँपालिकाले सम्मान गरेको हो । 

    विभिन्न १६ देशको सहभागितामा भएको खेलमा विभिन्न देशलाई पछि पार्दै खत्रीले करियासँगको खेलमा स्वर्ण पदक हासिल गरेका थिए । खत्री रोल्पा जिल्ला तेक्वान्दो संघका जिल्ला अध्यक्ष समेत हुन् । 
     
    सुनिलस्मृति गाउँपालिका अध्यक्ष मणिराम बुढाथोकीले नेपालको इतिहास रच्न सफल भएकोमा यो नेपालको लागि गौरवको कुरा भएको बताउदै यो रोल्पाले अझ बढी गौरव गर्ने विषय भएको बताए । उनले विदेशमा गएर रोल्पालीले नेपालको इतिहास रच्न सफल भएकोमा गाउँपालिकाले  सम्मान गर्नुपर्ने महत्व मानेको बताए । नेपालले अन्तराष्ट्रिय स्तरमा स्वर्ण पदक जित्नु गर्भको कुरा भएको उनले बताए ।

    रोल्पाली र नेपालीलाई विश्वसामु चिनाउन सफल भएकोमा आफुलाई भाग्यमानी महशुस गरेको हेमन्त खत्रीले बताए । उनले पालिकाहरुले खेल क्षेत्रमा विकास गर्नुपर्ने तर्फ धारणा व्यक्त गरे । नेपाललाई चिनाउन खेल क्षेत्रको पनि महत्वपूर्ण भूमिका रहेको बताउदै उनले खेललाई व्यावसायिकरण गराउदै युवाप्रति उत्तरदायी भूमिका खेल्नुपर्ने धारणा व्यक्त गरे ।


    तेस्रो आँखा