• ट्रेण्डिङ्ग :
इटहरीमा स्मार्ट शौचालय 

इटहरीमा स्मार्ट शौचालय 


  • 8.7K
    SHARES
    • फाल्गुण ७, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 13.4K Views

    इटहरीमा स्मार्ट शौचालय 

    इटहरी, ७ फागुन । इटहरी उपमहानगरपालिका परिसरमा निर्माणाधिन स्मार्टशौचालय निर्माण अन्तिम चरणमा पुगेको छ । उपमहानगरपालिकाले पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो ।    

    images

    इटहरी उपमहानगरपालिका स्थित इटहरी बजारमा सार्वजनिक शौचालय नभएको भनेर केही संचारमाध्यममा आएका खबर र सामाजिक सञ्जालमा भएका टिकाटिप्पणी प्रति उपमहानगरपालिकाको ध्यानाकर्षण भएको जनाइएको छ । 
    पत्रकार सम्मेलनमा प्रमुख प्रशासकीय अघिकृत सूर्य सुवेदीले इटहरी ९ स्थित  बसपार्कमा दुईवटा सार्वजनिक शौचालय र  आइत, बुध हटियामा पनि सार्वजनिक शौचालय रहेको बताए । 

    इटहरी उपमहानगरपालिका परिसरमा स्मार्ट सार्वजनिक शौचालय निर्माणको अन्तिम चरणमा रहेको उनले जानकारी दिए। उनका अनुसार २०७७ जेठ ३० गते नै निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भएपनि कोरोना महामारीका कारण निर्माण कार्य प्रभावित भई २०७९ असार २५ सम्ममा निर्माण सम्पन्न म्याद थप भई निर्माण कार्य जारी छ । 

    वरिष्ठ इन्जिनियर जीवन घिमिरेका अनुसार स्मार्ट शौचालयमा महिला तथा पुरुष शौचालय, महिला तथा पुरुष दुबैका लागि अपांङ्गतामैत्री शौचालय, स्टाफ शौचालय रहने छन । त्यहाँ बगैँचा, बाटर फाउण्टेन र क्लक टावर समेत रहने छ । २० जनाले एकैपटक प्रयोग गर्न सकिने शौचालयमा स्वचालित चार वटा ढोकाहरु रहने छन ।

    त्यहाँ सेन्सरजडित धारा र वत्तिको ब्यवस्था गरिएको छ । ढिलै भएपनि ब्यवस्थित शौचालय निर्माण हुँदै गरेको नगरप्रमुख द्वारिकलाल चौधरीले बताए। वडा नम्वर ४ का वडाध्यक्ष चन्द्र भटटराईले उपमहानगरपरिसर बाहिर चौक आसपास कतै जग्गा उपलब्ध नभएपछि बाध्य भएर परिसरमै शौचालय निर्माण गरिएको बताए । वडा नम्वर ६ का वडाध्यक्ष दिपक गौतमले चौकवाट नजिकै रहेको उपमहानगर परिसरमा सार्वजनिक शौचालय निर्माण गरिएको जनकारी दिए ।

    यसैबीच उपमहानगरपालिकाले दुई  वटा घुम्ति शौचालय खरिदका लागि प्रक्रिया अघि वढाएको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ  । 


    तेस्रो आँखा