बुटवल,७ फागुन । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सुरु भएको छ । क्यालिब्रेसन फ्लाइटको लागि बिहीबार आइपुगेको एरोनटिकल रेडियो अफ थाइल्याण्ड (एरो थाई)को १७ सिटे जहाजले शुक्रबार दिउसोदेखि परीक्षण उडान सुरू गरेको हाे ।
कूल ७८७ विघा क्षेत्रफलमा बनेको विमानस्थलमा तीन किलोमिटर लम्बाइ र ४५ मिटर चौडाइको धावनमार्ग बनेको छ । २०७१ सालमा सुरू गरिएकाे उक्त विमानस्थल सम्पन्न भएसँगै यस क्षाेत्रका नागिरककाे समृद्दिसँग जाेडेर हेर्न सकिन्छ ।
क्यालिब्रेसन फ्लाइट सुरू गरेकाे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल यस्ताे छ (फाेटाे फिचर)





कल्पना डुम्रे
