• ट्रेण्डिङ्ग :
आरोहण हुने हिमाल थपिँदै

आरोहण हुने हिमाल थपिँदै


  • 2.5K
    SHARES
    • श्रावण ३२, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 3.8K Views

    आरोहण हुने हिमाल थपिँदै

    सरकारले आगामी सिजनमा थप ५७ वटा हिमाल आरोहणका लागि खुलाउने प्रक्रिया अघि बढाएको छ । पर्यटन विभागका अनुसार पाँच हजार आठ सय मिटर उचाइमाथिका थप ५७ वटा हिमाल आरोहणका लागि खोल्ने प्रक्रिया अघि बढाइएको हो ।

    images

    विभागका निर्देशक राकेश गुरुङले पूर्व ताप्लेजुङदेखि पश्चिम हुम्लासम्मका विभिन्न ५७ वटा चुचुरो आरोहणका लागि खुला गर्ने विषयमा सरकारलाई सिफारिस गरेको जानकारी दिए । मन्त्रीपरिषद्बाट स्वीकृति पाएलगत्तै नयाँ हिमाल आरोहणको बाटो खुला हुन्छ,उनले भने ।

    पर्यटन विभागका अनुसार आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा समावेश कार्यक्रम अनुसार नेपाल–भारत तथा नेपाल–चीनसँग सिमाना जोडिएकासहित ५७ वटा हिमाल आरोहणका लागि खुला गर्न लागिएको जानकारी दिए ।

    निर्देशक गुरुङका अनुसार आरोहणका लागि खुला गर्न लागिएका हिमालबारे कुनै पनि गाउँपालिकाबाट दाबी विरोध नआएकाले आरोहणलाई अझै व्यवस्थित बनाउने विषयमा छलफल जारी रहेको छ । नेपालको पर्वतीय पर्यटनको विकास, साहसिक पर्यटनको संरक्षण र प्रवर्धन गर्न खुला गर्न लागिएका ५७ हिमालमध्ये ४६ वटा हिमाल चीनसँग, दुई हिमाल भारतसँग सिमाना जोडिएका र नौ वटा हिमाल सीमाभित्रका रहेको  जानकारी दिए ।

    आरोहणका लागि खुला गर्न लागिएका हिमालहरू पाँच हजार ८०७ देखि छ हजार ८६८ मिटर उचाइसम्मका रहेका छन् । हाल सरकारले आरोहणका लागि ४०१ वटा हिमाल आरोहणका लागि खुला गरे पनि सबैमा आरोहण हुन सकेको छैन ।

    हाल पर्यटन विभाग र पर्वतारोहण सङ्घले छुट्टाछुट्टै हिमालका लागि आरोहण अनुमति दिँदै आएका छन् । सरकारले सङ्घलाई २७ वटा हिमाल व्यवस्थापनको जिम्मा दिएको छ । यसमा पनि छ हजार पाँच सयभन्दा कम उचाइ भएका हिमाल पर्दछन् । बाँकी हिमालको व्यवस्थापन र अनुमति दिने काम विभागबाट हुँदै आएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।


    तेस्रो आँखा