• ट्रेण्डिङ्ग :
जलवायु संकटको प्रस्ट प्रमाण बन्यो ‘थामे प्रकोप’

जलवायु संकटको प्रस्ट प्रमाण बन्यो ‘थामे प्रकोप’


  • 2.9K
    SHARES
    • भाद्र २, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 4.5K Views

    जलवायु संकटको प्रस्ट प्रमाण बन्यो ‘थामे प्रकोप’

    सोलुखुम्बुको थामेमा शुक्रबारको बाढी मानवजन्य जलवायु परिवर्तनका कारण निम्तिएको घटना भएको पाइएको छ। थामेभन्दा उपल्लो क्षेत्रका पाँच हिमतालमध्ये दुईवटा फुटेपछिको बहावले गेग्रान बढार्ने क्रममा थामे गाउँका २३ घर, केही होटल, एक पुल तथा भर्खरै निर्माण गरिएको लघु जलविद्युत् परियोजनालगायत नष्ट भएका छन्। खुम्बु क्षेत्रमा पदयात्राका लागि लोकप्रिय मानिने गोक्यो मार्गमा पर्ने यो गाउँमा बाढीले एक अर्ब रुपैयाँभन्दा बढीको क्षति गरेको प्रारम्भिक अनुमान छ।

    images

    शनिबार बिहानै रक्षामन्त्री मनवीर राईसहित घटनास्थलमा पुगेका विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकारणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले थामे बाढीलाई जलवायु परिवर्तनले निम्त्याएको प्रस्ट प्रमाणका रूपमा लिन सकिने बताए । उच्च हिमाली क्षेत्रमा भएको तापक्रम वृद्धि तथा परम्परागत रूपमा कम वर्षा हुने क्षेत्रमा वर्षा हुनुलाई जलवायु परिवर्तन जिम्मेवार रहेको मानिन्छ।

    तापक्रम वृद्धिले हिमतालको आकार बढ्दा विस्फोटको जोखिम बढेको तथा उच्च हिमाली क्षेत्रमा ससाना हिमपोखरीको संख्या बढेको अध्ययनहरूले देखाएका छन्। यसैगरी हिमनदी (ग्लेसियर)को क्षेत्रफल र घनत्व घटेको छ।

    छाया वर्षा क्षेत्र अर्थात् रेन स्याडो मानिने हिमालपारिका जिल्लामा समेत वर्षा हुन थालेको छ। यसले माथिल्लो तटीय क्षेत्रदेखि तल्लो तटीय क्षेत्रमा समेत क्रमागत विपत् निम्त्याउने गरेको छ। ‘जलवायु’ परिवर्तनले निम्त्याएको पछिल्लो प्रमाण थामे बाढीभन्दा अत्युक्ति हुँदैन,’ डा पोखरेलले भने।

    थामेभन्दा नौ किलोमिटरमाथिको क्षेत्रमा रहेको एउटा ताल विस्फोट भएर अर्को तालमा बजारिएको र त्यही कारणले गेग्रानसहितको विशाल पानीको प्रवाह हुँदा थामेमा क्षति भएको उनको भनाइ छ। हिमताल विस्फोट भएको उक्त हिमाली क्षेत्रमा समेत तापक्रम न्यानो रहेको चर्चा गर्दै उनले भनेका छन्, ‘त्यो क्षेत्र वरपर कतै पहिरा छैनन्, न त कुनै डोजरे विकास छ। यो सरासर जलवायु परिवर्तनले निम्त्याएको तापक्रम वृद्धि र अनपेक्षित वर्षाको प्रत्यक्ष प्रमाण हो।’ यो समाचार नागरिक दैनिकमा छ,

     


    तेस्रो आँखा