टेक्सासको अस्टिन सिटी र आसपासका कारीब १९ वटा काउन्टीहरुमा बसोबासगर्ने नेपाली हरुको सामाजिक संगठन ग्रेटेर अस्टिन नेपाली सोसाइटिको संगठनको बिबाद झन बढ्दै गै रहेको छ। ज्ञानसको नयाँ समितीको निर्वाचनको सुरुवात देखीनै सस्थाको निर्वाचनको बैधता लाई लिएर बिबाद बढ्दै यहाँ सम्म आएको हो। स्थापपक पक्षले अबैधानिक तरिकाले निर्वाचन बिना पेलेर जानखोजे पछी बिबाद बढ्दै जाँदा बिबाद यहाँ सम्मा आई पुगेको ट्रस्टी भेलाको बुझाई थियो।

२०२४ अगस्त १८ का दिन ग्रेटेर अस्टिन नेपाली सोसाइटि संस्थाको सभा हलमा बसेको ट्रस्टी हरुको भेलाले निम्न प्रस्ताव हरुमा हरुमाछलफल गरेको थियो। छलफल पछी पारीत गरेका प्रस्ताव र निर्णय हरु यस प्रकारका थिए । "निर्वाचनको बैधता" को प्रस्ताव माथिको छलफलमा "अबैधानिक निर्वाचन समिती" लाई कुनै हालतमा स्वीकारर्ने ट्रस्टी सि. पि. पौडेल बताउनु भयो । बैधानिक किसिमले ज्ञानसको निर्वाचन नहुँदा सम्मका लागि समितिका नियमित कामकाज हरु नियमित रुपमा सम्पन्न गर्न र बिधान शंसोधन गरी आगामी ३ महिना भित्रमा सबै इच्चुक नेपालीभासी हरुलाई सजिलै सदस्य्ता प्राप्त गर्न सक्ने र कुनै अबरोध बिना ज्ञानसको निर्वाचनमा भागलिन पाउने बातावरण बनाउने कुरा ट्रस्टी दिपक हुमागाइले बताउनु भयो।


उपस्थित ट्रस्टी एवम अबैधानिक समितिका केही पदाधिकारी हरु समेत सहभागी ट्रस्टी बैठकका अनुसार ज्ञानसको ( बैधिनिक तदर्श समिती ) नै बिबाद र समाधानको एक मात्र अन्तिम उपाए भएको कुरा कुरामा सर्ब सम्मत भएको थियो ।
यो समाचार प्रकाशन गर्दै गर्दा हिजोको ट्रस्टी भेलाले गरेका निर्णय हर लाई बिदुर खतिवाडा अध्यक्ष रहेको समितीले पनि स्विकारेको देखिन्छ । जुन कुरा सस्थाको हितमा हुने छ । बिदुर खतिवाडाको यो निर्णयले सस्थालाईनयाँ तरिकाबाट एकजुट भएर अगाडि बढाउने सम्भाबना बढेको छ ।
