सानफ्रान्सिस्को (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको हर्कुलस सिटी काउन्सील मेम्बरमा गैर आवासीय नेपाली डिल्ली भट्टराईले उम्मेद्वारी दिएका छन् ।
नेपाली डायस्पोरामा परिचित सामाजिक अभियन्ता भट्टराई हाल हर्कुलस सिटी प्लानिङ कमिशनरको रुपमा कार्यरत रहेका छन् । सानफ्रान्सिस्को शहर नजिक जोडिएको बे एरिया भित्रको शहर हर्कुलस सिटी काउन्सील मेम्बरमा भट्टराई सहीत अन्य तीन जना उम्मेद्वार रहेका छन् ।
नोभेम्बर ५ मा मतदान हुँदैछ । भट्टराईले हर्कुलस सिटीको हर्कुलस हाई स्कुल पिटीओ बोर्डमा उपाध्यक्षको रुपमा सेवा समेत गरेका थिए । २४ वर्षदेखि अमेरिकामा बस्दै आएका भट्टराई गैर आवासीय नेपाली संघ अमेरिकाको पूर्व उपाध्यक्ष तथा एनआरएनए पूर्व आईसीसी सदस्य समेत हुन् । भट्टराईले युनिभर्सिटी अफ नेभाडा रेनोवाट एमबीए गरेका छन् ।
