विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या २५ करोड ५० लाख नाघेको छ । गत २४ घण्टामा ४ लाख ८६ हजार २६८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै विश्वभर सङ्क्रमितको सङ्ख्या २५ करोड ५० लाख ५९ हजार ४७५ पुगेको वल्डोमिटरले जनाएको छ । जसमध्ये २३ करोड ५ लाख निको हुँदा ५१ लख २९ हजारभन्दा धेरैको मृत्यु भएको छ । वल्डोमिटरका अनुसार गत २४ घण्टामा थप ४ लाख ३५ हजार ६२ जना कोरोनामुक्त भएका छन् भने ७ हजार १६१ जनाको मृत्यु भएको छ ।
