• ट्रेण्डिङ्ग :
राम्रो टीम बनेपछि आफू फरक भूमिकामा रहने : अध्यक्ष दाहाल

राम्रो टीम बनेपछि आफू फरक भूमिकामा रहने : अध्यक्ष दाहाल


  • 4.1K
    SHARES
    • भाद्र १४, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 6.3K Views

    राम्रो टीम बनेपछि आफू फरक भूमिकामा रहने : अध्यक्ष दाहाल

    सुर्खेत, भदौ १४ । नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको नेतृत्व तत्काल परिवर्तन नहुने बताउनुभएको छ । उहाले सधैंभरी नेतृत्व गर्ने रुचि आफ्नो नभएको बताउँदै राम्रो टीम बनेपछि आफू फरक भूमिकामा रहने बताउनुभयो ।

    images

    ‘आजका मितिमा नेतृत्व हस्तान्तरणको कुरा उपयुक्त छैन् । उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’को प्रस्तावमा पनि त्यो छैन्,’ शुक्रबार सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भन्नु भयो  ‘सधैं नेतृत्व गरिराख्ने रुचि पनि मेरो छैन् ।’

    प्रचण्डले आफू अध्यक्ष पद भन्दा माथि रहेको बताए । ‘देश दुनियाँले नेपालको ठूलो क्रान्तिकारी नेताको रुपमा स्वीकार गरिसकेको छ,’ उनले भने, ‘अध्यक्ष पदभन्दा माथि प्रचण्ड हो भन्ने कुरा बुझ्न आवश्यक छ ।’ उनले पार्टीमा राम्रो टीन बनार आफू फरक भूमिका जान चाहेको बताए । 

    प्रचण्डले उपमहासचिव शर्माले पार्टी बैठकमा राखेको प्रस्ताव फरक मत नभएको बताउनुभयो । प्रभाकरसँगै पत्रकार सम्मेलन गरेका प्रचण्डले शर्माले लिखित रुपमा बैठकमा आफ्नो मत मात्रै राखेको जानकारी दिनुभयो । ‘उहाँ (जनार्दन र्शामा) आफूले फरक मत राखेको होइन् लिखित मत मात्रै राखेको हुँ भनिसक्नु भएको छ,’ उहाले भन्नुभयो, ‘त्यसलाई मैले सहज रुपमा लिएको छु ।’

    प्रचण्डले पार्टी नफुट्ने पनि बताउनुभयो । ‘एकथरीले डिजाइन गरेर पार्टी फुट्दैछ भन्ने भ्रम छरेका छन्,’ उहाले भन्नुभयो, ‘पदाधिकारी र स्थायी समिति बैठकमा खुलेर छलफल गरेर पार्टी फुट्छ भनेर जुन प्रचार गरियो त्यसलाई खारेज गरेका छौं ।’ उहाले पार्टीमा बहस–छलफल भइराख्ने भन्दै यसलाई सामान्य रुपमा लिनुपर्ने बताउनुभयो । 

    ‘पार्टी हो छलफल भइनै राख्छन्, जनयुद्धमा हुँदा पनि छलफल बहस भइनै राखेका थिए, अहिले पनि भइनै राखेका छन्,’ उहाले भन्नुभयो, ‘अहिले माओवादी केन्द्रको काँधमा ठूलो जिम्मेवारी आएको छ, परिवर्तनको रक्षा गर्दै शान्ति प्रक्रियालाई निस्कर्षमा पुर्याउने जिम्मेवारी पार्टीको बाँधमा आएको छ ।’


    तेस्रो आँखा