• ट्रेण्डिङ्ग :
रोजगारीका लागि मलेसिया गएका दाङका एक जनाको घर फर्कने क्रममा एयरपोर्टमै मृत्यु

रोजगारीका लागि मलेसिया गएका दाङका एक जनाको घर फर्कने क्रममा एयरपोर्टमै मृत्यु


  • 3.7K
    SHARES
    • भाद्र २३, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 5.7K Views

    रोजगारीका लागि मलेसिया गएका दाङका एक जनाको घर फर्कने क्रममा एयरपोर्टमै मृत्यु

    दाङ, २३ भदौ । वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएका दाङका एक व्यक्तिको घर फर्कने क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका-११ बेलगनारका ४३ वर्षीय रुपलाल चौधरी रहनु भएको छ । 

    images

    रोजगारीको शिलशिलामा विगत ४ वर्षदेखि मलेसियामा रहेका चौधरीको आइतबार घर फर्कने क्रममा कुवालालम्पुर एयरपोर्टमा मृत्यु भएको हो 

    रुपलाल नेपाल फर्कनका लागि बोर्डिङ पास लिएर फ्लाइटको प्रतीक्षामा एयरपोर्टमा बसिरहेको बेला अचानक लड्नु भएको थियो । उहाँको मृत्यु हृदयघातबाट भएको हुनसक्ने पारिवारिक स्रोतले बताएको छ । 


    तेस्रो आँखा