• ट्रेण्डिङ्ग :
सल्यान जिल्ला स्तरिय काभ्रा कप फुटबल प्रतियोगिता हुने

सल्यान जिल्ला स्तरिय काभ्रा कप फुटबल प्रतियोगिता हुने


  • 4.1K
    SHARES
    • भाद्र २४, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 6.4K Views

    सल्यान जिल्ला स्तरिय काभ्रा कप फुटबल प्रतियोगिता हुने


    दाङ २४ भदौ । सल्यान जिल्ला स्तरिय काभ्रा कप फुटबल प्रतियोगिता २०८१ हुने भएको छ ।  काभ्रा फुटबल क्लब त्रिवेणी १ सल्यानको आयोजनामा त्रीवेणी ३ रिखे बजार खेल मैदानमा संचालन हुने प्रतियोगिता आउदो भदौ १२ गतेदेखि सुरु हुने क्लबका अध्यक्ष लेखनाथ महरले जानकारी दिनुभयो ।

    images

    फुटबल खेलको बिकास र प्रवर्द्धन संगै प्रतिभावान खेलाडीको पहिचान र बिकासमा टेवा पुर्‍याउने मुख्य उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा जिल्लाका १० बढी टिमको सहभागिता रहने अध्यक्ष महरले जानकारी दिनुभयो । असोज १७ गतेसम्म चल्ने प्रतियोगिताको बिजेता टिमले नगद एक लाख, कप, मेडल तथा प्रमाणपत्र हात पार्ने छ ।

    त्यस्तै उपविजेता टिमलाई नगद ५० हजार हजार रुपैयाँ, कप,मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ भने प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फका खेलाडीलाई पुरस्कृत गरिने छ । जसअनुसार बेष्ट प्लेयर हुने खेलाडीलाई नगद ३ हजार,ट्रफी प्रमाणपत्र प्रदान गरिनेछ । त्यस्तै बेष्ट किप्पर र हाई स्कोररलाई नगद दुईर दुई हजार,ट्रफि तथा प्रमाणपत्र प्रदान गरिने क्लबका सचिव तथा प्रतियोगिताका संयोजक पुष्पकमल विष्टले जानकारी दिनुभयो ।

    असोज ५ गतेसम्म टिम दर्ताकालागि अन्तिम समय सिमा तोकिएको प्रतियोगितामा सहभागि हुने टिमका लागि टिम दर्ता शुल्क १० हजार रुपैयाँ राखिएको छ । यसैबिच प्रतियोगिताको तयारीलाई तिव्र पारिएको आयोजकले बताएको छ ।


    लक्ष्मण बस्नेत
    लेखकबाट थप