• ट्रेण्डिङ्ग :
अन्टीएफको चौथो महासभाको सम्पूर्ण तयारी पुरा

अन्टीएफको चौथो महासभाको सम्पूर्ण तयारी पुरा


  • 5.0K
    SHARES
    • भाद्र २८, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 7.7K Views

    अन्टीएफको चौथो महासभाको सम्पूर्ण तयारी पुरा

    युनिभर्सल युनाइटेड नेप्लीज तेक्वान्दो महासंघ (अन्टीएफ)को चौथो महासभाको सम्पूर्ण तयारी पुरा भएको छ । 
    सेप्टेम्बर १४, २०२४ मा लस एन्जलसमा आयोजना हुने महासभाको सम्पूर्ण तयारी पुरा भएको जनाइएको छ । महासभामा विश्वभरका तेक्वान्दो खेलाडीहरू, प्रशिक्षकहरू, र नेतृत्वकर्ताहरू सहभागी हुने महासंघका कार्यक्रम संयोजक अमृत महतोले जानकारी दिए ।   

    images

    महासभामा तेक्वान्दोलाई विश्वव्यापी कसरी अघि बढाउने भन्ने विषयमा छलफल गरिनुको साथै नयाँ कार्यसमिति चयन गरिने समेत उनले बताए ।  कार्यक्रमलाई सफल बनाउन सबै तयारी पुरा भएको छ, बिहान स्थानीय पशुपति मन्दिरमा छलफल हुन्छ र नयाँ कार्यसमितिका लागि निर्वाचन गर्ने अनि बेलुकी हिमालयन ग्रिल रेस्टूरेण्टमा हस्तातरण गरिने कार्यक्रम छ, उनले भने । 

    त्यसैगरी संस्थामा बढी योगदान दिने व्यक्तिहरुलाई सम्मान गरिने कार्यक्रम रहेको उनले बताए ।  सहभागीहरूलाई स्वागत र कार्यक्रम सफल बनाउन स्थानीय संघसंस्था, व्यक्तिहरुसँग समन्वय भइरहेको महतोले बताए । 


    तेस्रो आँखा