• ट्रेण्डिङ्ग :
संसद भवनमै देउवा-ओली भेट

संसद भवनमै देउवा-ओली भेट


  • 8.5K
    SHARES
    • फाल्गुण १२, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 13.0K Views

    संसद भवनमै देउवा-ओली भेट

    काठमाडाैं,१२ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार भेटवार्ता भएको छ । प्रतिनिधिसभाको बैठक स्थगित भएसँगै संसद भवनमै देउवा र ओली छलफलमा जुटेका हुन् । 

    images

    छलफलमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्षहरु सुवास नेम्वाङ तथा विष्णु पौडेल सहभागी छन् भने काँग्रेसबाट देउवासहित सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र महामन्त्री गगन थापा सहभागी छन् ।

    काँग्रेस सांसद मीन विश्वकर्माका अनुसार प्रधानमन्त्री प्रमुख प्रतिपक्षी दलका नेतालगायतबीच छलफल भइरहेको छ । संसदमा एमसीसीको विषयमा छलफल भइरहेको सन्दर्भमा दुई नेताबीच भएको वार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।  बिहीबार बिहान प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच पनि छलफल भएको थियो । 


    तेस्रो आँखा
    लेखकबाट थप