• ट्रेण्डिङ्ग :
सेसेल्समा पहिलोपटक कविता प्रतियोगिता हुँदै

सेसेल्समा पहिलोपटक कविता प्रतियोगिता हुँदै


  • 3.3K
    SHARES
    • आश्विन २, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 5.1K Views

    सेसेल्समा पहिलोपटक कविता प्रतियोगिता हुँदै

    सेसेल्स २ असोज । पूर्वी अफ्रिकी मुलुक सेसेल्समा पहिलो पटक नेपाली कविता प्रतियोगिता तथा साहित्य रचना वाचन कार्यक्रम हुँदैछ । रचनाहरु आएपछि अनलाइन मार्फत प्रतियोगिता हुने भएको छ । उत्कृष्ट रचना वाचन गर्ने तीन जनालाई यही आउँदो अक्टोरब ६ तारिखमा कार्यक्रमको आयोजना गरि पुरस्कार वितरण गरिने भएको छ । 

    images

    गैरआवासीय नेपाली संघ सेसेल्सको आयोजनामा बडा दशैंको अवसर पारेर नेपाली कविता प्रतियोगिता तथा साहित्य रचना वाचन कार्यक्रम राखकोे हो । प्रतियोगितामा सहभागीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिने आयोजकले जनाएको छ । नेपाली भाषा-साहित्यको सम्बर्द्धन, प्रवर्द्धन र उन्नयनको उद्देश्यका साथ हुने प्रतियोगितामा उत्कृष्ट तीनजनालाई पुरस्कार तथा सहभागी सम्पूर्णलाई प्रसंशापत्र प्रदान गरिने भएको छ ।

    साथै प्रतियोगितामा प्राप्त हुन आएका प्रतियोगी तथा अप्रतियोगी सम्पूर्ण रचनाहरुलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अफ्रिका महादेशीय च्याप्टरको साहित्यक पुस्तक (किलिमन्जारो) मा प्रकाशन गरिने पनि आयोजकले जनाएको छ । प्रतियोगिताको लागि रचना पठाउन ई-मेल तथा वाट्सएप नम्बर राखिएको छ भने सूचना एनआरएनए सेसेल्सको आफ्नो अफिसियल फेसबुक पेजमा पनि राखेको छ ।


    तेस्रो आँखा