• ट्रेण्डिङ्ग :
परराष्ट्रमन्त्री डा.राणा र राष्ट्रसंघका उपमहासचिव अतुलबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा.राणा र राष्ट्रसंघका उपमहासचिव अतुलबीच भेटवार्ता


  • 4.6K
    SHARES
    • आश्विन ८, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 7.0K Views

    परराष्ट्रमन्त्री डा.राणा र राष्ट्रसंघका उपमहासचिव अतुलबीच भेटवार्ता

    संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी हुन आएकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले राष्ट्रसङ्घका मुख्यालय कार्यालय सञ्चालन सहयोग विभागका उपमहासचिव अतुल खरेसँग भेटवार्ता गरेकी छन् । 

    images

    उनीहरुबीच आज भएको भेटवार्तामा राष्ट्रसङ्घको नेपालसँग सम्बन्ध तथा सहयोगका विविध विषयमा छलफल भएको न्युयोर्कस्थित नेपाली नियोगले जनाएको छ । उक्त विभागले शान्ति स्थापनाका लागि खटिने राष्ट्रसङ्घीय मिसनका सुरक्षाकर्मीको व्यवस्थापनका क्षेत्रमा काम गर्दै आएको छ ।

    नियोगका अनुसार उक्त भेटमा नेपाल र संयुक्त राष्ट्रसङ्घबीचको सहयोगलाई निरन्तरता दिने र शान्ति सुरक्षाका क्षेत्रमा पुर्‍याइएको योगदानका विषयमा विचारविमर्श भएको थियो ।


    तेस्रो आँखा