• ट्रेण्डिङ्ग :
लाईब्रेरीको महत्वमाथि राष्ट्रसंघको महासभामा छलफल

लाईब्रेरीको महत्वमाथि राष्ट्रसंघको महासभामा छलफल


  • 5.9K
    SHARES
    • आश्विन १०, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 9.0K Views

    लाईब्रेरीको महत्वमाथि राष्ट्रसंघको महासभामा छलफल

    न्यूयोर्क (अमेरिका) । अमेरिकाको न्यूयोर्कमा जारी संयुक्त राष्ट्र सघको ७९ औं महासभामा अमेरिकन लाईब्रेरी एशोसिएशनको आयोजनामा लाईब्रेरीज पावरिङ द युनाईटेड नेशन्स डिजिटल कम्प्याक्ट विषयमा प्यानल डिस्कसन सम्पन्न भएको छ । 

    images

    डिस्कसनमा सहभागि विज्ञहरुले लाईब्रेरीले विश्वभरनै प्रविधिको प्रभावकारिताका लागि संयुक्त राष्ट्रसंघको अभियानमा कसरी सहयोग गर्न सक्छन् भन्ने सन्दर्भमा सुझाव दिएका थिए । युनाईटेड नेशन्ससँगको सहकार्य रहेको २१ सेप्टेम्बरमा सम्पन्न सेमिनारमा संयुक्त राष्ट्रसंघका लागि आयरल्याण्डको स्थायी नियोगका प्रतिनिधि कार्ल रेडमण्ड र नेपाल कम्युनिटी लाईब्रेरी एशोसिएशनका महासचिव राजेन्द्र प्रसाद पाण्डेले विषय विज्ञको रुपमा धारणा राखेका थिए ।

    610886c9-605e-4027-8e52-3a25fc8401be.jpg

    सो अवसरमा अमेरिकन र्लाईब्रेरी एशोसिएशनका पूर्व अध्यक्ष लोइला गार्सिया फेदो, पब्लिक लाईबे्ररी एशोसिएशनका प्रेसिडेन्ट ईलेक्ट डा. ब्रान्डी म्याक नेल, अमेरिकन लाईब्रेरी एशोसिएशनका ब्लाक ककसका पूर्व अध्यक्ष साउन्टी बर्न सिम्पसोन, युनाईटेड नेशन्स सस्सटेनेवल डेभलपमन्ट गोल सवकमिटीका सदस्य रोविन केईयर, क्वीन्स पब्लिक लाईब्रेरीका उपाध्यक्ष विल गोलबान्ड, न्यूयोर्क सिटीकी लाईब्रेरी विभागकी निर्देशक मेलिसा जाकोब्सले प्यानल डिस्कसनमा सहभागि भएका थिए । 

    सेमिनारमा सहभागि पाण्डेले नेपालमा लाईब्रेरीको ईतिहासदेखि अहिलेको अवस्थाका बारेमा जानकारी गराएका थिए । डिजिटल दुनियामा डिजिटल लाईब्रेरीको महत्वमाथि पनि पाण्डेले प्रकाश पार्दै भिन्न क्षमता भएकाहरुले पनि लाभ लिन सक्ने गरी लाईब्रेरीहरु स्थापना हुनुपर्ने र नेपालमा पनि त्यसको सुरुवात भइसकेको उल्लेख गरे । पाण्डे लामो समयदेखि नेपालको लाईब्रेरीको क्षेत्रमा काम गर्दै आएका छन् ।

    e88a8deb-ea29-4a04-b936-dcabf123f297.jpg
    undefined

    सामुदायिक लाईब्रेरीको आवश्यकता बोध गराउदैं पाण्डेले अभियाननै संचालन गरिरहेका छन् । पुस्तकालयको महत्वबारे कार्यक्रमहरु संचालन गर्नुका साथैं पुस्तकालय स्थापनाका लागि पत्रकार पाण्डेले सहयोगी संस्थाहरुसग सहकार्य गर्दै आएका छन् ।  


    तेस्रो आँखा