काठमाडौं, १३ फागुन। प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
प्रचण्ड प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका हुन् । भेटमा अमेरिकी सहयोग परियोजना एमसीसीलगायतका विषयमा छलफल हुने बताइएको छ ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर प्रचण्ड बालुवाटार पुगेका हुन् । भेटमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसमेत सहभागी छन् ।
