• ट्रेण्डिङ्ग :
केपी ओली र देउवाबीच बालकोटमा भेटर्वार्ता

केपी ओली र देउवाबीच बालकोटमा भेटर्वार्ता


  • 6.9K
    SHARES
    • फाल्गुण १३, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 10.7K Views

    केपी ओली र देउवाबीच बालकोटमा भेटर्वार्ता

    काठमाडौं, १३ फागुन। प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न ओली निवास बालकोट पुगेका छन् । 

    images

    एमसीसीका विषयमा अन्यौलता बढ्दै गएसँगै विभिन्न राजनीतिक दलका नेताहरूले छलफललाई तीव्रता दिन थालेका छन्।

    उनी पार्टी उपसभापति पूर्ण बहादुर खड्का, महामन्त्री गगन थापा र पार्टी नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई साथमा लिएर बालकोट पुगेका हुन् । 

    दिनभर सत्ता गठबन्धनका नेताहरूसँग छलफल गरेका देउवा साझ ओलीलाई भेट्न बालकोट पुगेका हुन् । उनीहरूबीचको भेटमा एमसीसीका विषयमा छलफल हुने बताइएको छ । एमसीसीलाई जसरी पनि संसद्‍बाट अनुमोदन गर्ने पक्षमा रहेका देउवा सत्ता गठबन्धनको साथ नभए प्रमुख प्रतिपक्षीलाई भए पनि साथमा लिएर जाने मनस्थितिमा छन् ।

     


    तेस्रो आँखा