• ट्रेण्डिङ्ग :
 एमसीसी अमेरिकी जनताको उपहार हो : रामचन्द्र पौडेल

 एमसीसी अमेरिकी जनताको उपहार हो : रामचन्द्र पौडेल


  • 9.7K
    SHARES
    • फाल्गुण १३, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 14.9K Views

     एमसीसी अमेरिकी जनताको उपहार हो : रामचन्द्र पौडेल

    काठमाडौं, १३ फागुन। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसी नेपालका लागि अमेरिकी जनताको उपहार भएको बताएका छन्। नेपालको विकासका लागि एमसीसी आवश्यक रहेकाले बताउँदै उनले यसलाई पारित गर्नुपर्ने धारणा राखेका छन्।

    images

    तनहुँमा आयोजित एक कार्यक्रममा बोल्दै नेता पौडेलले एमसीसी अमेरिकी जनताको उपहार भएकाले अनावश्यक भ्रम नफैलाउन आग्रह गरेका हुन्।

    बिहीबार तनहुँ पुगेका नेता पौडेलले व्यास नगरपालिका–७ कलेस्ती, गजौडे, वृता, भानुको टुहुरेपसल र रम्घाटार, महन्ते हटिया, देउरालीटारलगायत स्थानमा पुगेर कार्यकर्ताहरूसँग भेटघाट गरेका छन्।

    राजनीति र विकाससँगै लैजान सके जनताको समस्या समाधान गर्न सकिने उनले बताए। उनले जनताको हरेक समस्या समाधानका लागि जनप्रतिनिधि सदैव प्रतिवद्ध हुनुपर्ने बताए।


    तेस्रो आँखा