तुलसीपुर १९ असोज । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष दुजमान भण्डारी (वर्षात) ले सरस्वती सामुदायिक वन उपभोक्ता समुहलाई पर्यटकीय क्षेत्र बनाउने बताउनु भएको छ । उहाँले सामुदायिक वनमा पर्यटन क्षेत्र निर्माण गरि सामुदायिक वनको आर्थिक कोर्षको वृद्धि गर्ने बताउनुभयो ।
सरस्वती सामुदायिक वन उपभोक्ता समुहको २८औं साधारणसभामा बोल्दै प्रमुख अतिथी भण्डारीले कुनै पनि बिषयलाई आगाडी बढाउने हो भने सबैभन्दा पहिले योजना बनाउनुपर्ने बताउनुभयो । उहाँले योजना बनाएर काम सुरु गर्दा लक्ष्य अनुसार उपलब्धि हासिल गर्न सकिने पनि बताउनुभयो । सरस्वती सामुदायिक वनलाई एउटा हरियाली, विकासमुलुक, दिगो र शान्तिमुलक वन स्थापना गर्न आफुले पहल गर्ने उहाँले भनाइ छ।
उहाँले कुनै पनि योजना बनाउँदा डिपिआर तयार पारेर काम अगाडि बढाउनु पर्ने बताउनुभयो । डिपिआर बनाउँदा वडाको तर्फबाट बजेट बिनियोजन गर्ने प्रतिबद्धता जनाउनुभयो । 'डिपिआर एउटा सहयोग माग्ने भाडो हो, सरकारी निकाय मात्र नभई गैरसरकारी लगायतका सार्वजनिक संस्थाहरुले सहयोग गर्छन' उहाँले भन्नुभयो, 'केही समय अगाडि मात्र थप हरियाली बनाउन १२ हजार बिरुवा रापेका थियौं ।' साथै उहाँले ती बिरुवाहरु हुर्केने अवस्थामा रहेकाले संरक्षण मलजल गर्ने उपभोक्ता रहने बताउनुभयो । विकासका कुराहरुलाई दिगो रुपमा टिकाउ हुने तरिकाले नालासहित सडक कालोपत्रे बनाउने अभियान सुरु गरेको उहाँले बताउनुभयो ।
सरस्वती सामुदायिक वनका अध्यक्ष इश्वरी प्रसाद खड्काकाे अध्यक्षतामा भएकाे कार्यक्रममा सामुदायिक वनका उपाध्यक्ष शिवराज नेपालीले स्वागत गर्नु भएकाे थियाे । कार्यक्रम सामुदायिक वनकाे भवन गोलाैरामा भएकाे थियाे ।
