• ट्रेण्डिङ्ग :
चट्टान तोडेर सडकसँग मुड्केचुलाका तीन वडा जोडियो

चट्टान तोडेर सडकसँग मुड्केचुलाका तीन वडा जोडियो


  • 3.2K
    SHARES
    • आश्विन २७, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 4.9K Views

    चट्टान तोडेर सडकसँग मुड्केचुलाका तीन वडा जोडियो

    सुर्खेत, २७ असोज । चट्टानका कारण निर्माणमा ढिलाइ भएको डोल्पाको मुड्केचुला गाउँपालिकाको मालुवाकुना सडक निर्माण सम्पन्न भएको छ । करिब पाँच किलोमिटर चट्टानले भरिएको सडक जगदुल्ला जलविद्युत आयोजनाले निर्माण गरेको हो । 

    images

    भेरी करिडोर सडकखण्डको तीन जिल्लाको सङ्गमस्थल त्रिवेणीबाट जगदुल्ला जलविद्युत् आयोजनाको बाँधस्थलसम्म उक्त सडक पु¥याउने लक्ष्य छ । सडकखण्डको चुनौतीपूर्ण मानिएको ठाउँ पार गरेको मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिनुभयो । 

    पाँच किलोमिटर चट्टान फोडेसँगै मुड्केचुला गाउँपालिका–१, २, ३ वडा सडक सञ्जालसँग जोडिएको अध्यक्ष शाहीले बताउनुभयो । जगदुल्ला जलविद्युत् आयोजनामार्फत ठेक्का लगाई शेर्पा निर्माण सेवाले सडक निर्माण गरेको जलविद्युत् आयोजनाका प्राविधिक युवराज बोहराले जानकारी दिनुभयो । भेरी करिडोर सडक आयोजनासँग अब मुड्केचुला गाउँपालिका जोडिएको छ । 

    जुम्लाको भालुलेक हुँदै मुड्केचुला गाउँपालिकामा सडक जोडिए पनि जाजरकोट हुँदै जाने भेरी करिडोरसँग बल्ल सिधा सडक जोडिएको गाउँपालिका अध्यक्ष शाहीको भनाइ छ । त्रिवेणीस्थित भेरी नदी माथीको पुल भने अझै निर्माण हुन सकेको छैन । 

    क्याराभान निर्माण सेवाले उक्त पुलको ठेक्का लिएर काम नगरेको हो । पुल निर्माण नहुँदा झोलुङ्गे पुलमार्फत मोटरसाइकल तारेर मुडकेचुला जाने गरिएको कालिकाका स्थानीय सरोज थापाले बताउनुभयो ।


    तेस्रो आँखा