• ट्रेण्डिङ्ग :
एमसीसी सम्झाैता आज पारित हुने, अर्काे बैठक साढे ६ बजे

एमसीसी सम्झाैता आज पारित हुने, अर्काे बैठक साढे ६ बजे


  • 7.4K
    SHARES
    • फाल्गुण १५, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 11.3K Views

    एमसीसी  सम्झाैता आज पारित हुने, अर्काे बैठक साढे ६ बजे

    काठमाडाैं,१५ फागुन ।  लामो समयदेखि विवादमा तानिएको अमेरिकी सहयोग विकास परियोजना एमसीसी संसदबाट सामान्य छलफलसम्बन्धी प्रस्ताव पारित भएको छ। प्रतिनिधि सभा बैठकमा आज भएको एमसीसी सम्बन्धी सैद्धान्तिक छलफलपछि बहुमत सांसदहरुले परियोजना सामान्य छलफलसम्बन्धी प्रस्ताव पारित गरेका हुन्।   

    images

    प्रतिनिधिसभाको दोस्रो बैठक केही बेर पछि बोलाइएको छ। एमसीसी छलफलसम्बन्धी प्रस्ताव पारित गर्दै सभामुख अग्नि सापकोटाले अर्को बैठक साढे ६ बजेका लागि आह्वान गरेका हुन्।

    अबको संसद्‍ बैठकबाट एमसीसी व्याख्यात्मक घोषणासहित पारित गर्ने सत्ता गठबन्धनको तयारी छ।

    के के भयाे संसद बैठकमा

    निकै उकुस मुकुसका साथ अमेरिकी सहयोग विकास परियोजना एमसीसी सम्बन्धी सैद्धान्तिक छलफलको प्रस्ताव संसदबाट पारित भएको छ। सरकारको लामो कसरत पछि सत्ता साझेदार दलहरुबीच एमसीसी पारित गर्न मञ्जुर भएका थिए।

    आज बसेको संसद बैठकको छलफलमा भाग लिएका बहुमत सांसदहरुले परियोजना अनुमोदन गर्न गरिएको सैद्धान्तिक छलफल प्रस्ताव बहुमतले पारित गरेका हुन्। व्यख्यात्मक टिप्पणी सहित अनुमोदन गर्ने विषयमा सत्तासाझेदार दलको बैठकमा सहमति भएको थियो।

    संसद बैठकमा एमालेले दिनभर जसो नारा लगाएर समय खर्चेको छ। एमसीसीको विषयमा नबोलेको एमालेले पुरानै माग राखेको छ। एमसीसी राष्ट्रिय मुद्धा भएकाले प्रमुख प्रतिपक्षीदल समेतलाई छलफलमा सहभाथि हुन सभामुखले रुलिङ गरेका थिए।

    सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले समेत एमाले लगायत सबै दलहरुको सहभागितामा एमसीसी अनुमोदन गर्ने बताएको थियो। लामो समय देखि विवादमा तानिएकोे एमसीसी सम्बन्धी सैद्धान्तिक छलफलको प्रस्ताव पारित भएको छ।

     


    तेस्रो आँखा