पोर्चुगल १९ कात्तिक । पोर्चुगलको पारदिल्हो स्थित नेपाली समुदायले देउसी भैलो कार्यक्रम सम्पन्न गरेका छन् । बिर्ख बहादुर गुरुङको अध्यक्षता शनिबार सम्पन्न भएको देउसी भैलो कार्यक्रममा युवाहरूले देउसी भैलो भट्टयाउने, नेपाली मौलिक बाजा बजाएर नृत्य समेत प्रस्तुत गरेका थिए ।
ठूलो संख्यामा नेपालीहरुको उपस्थितमा भएको देउसीभैलो कार्यक्रममा पारदिल्होमा रहेका नेपालीहरूलाई एकीकृत गर्ने उदेश्यले संस्था समेत स्थापना गरिएको छ । बिर्ख बहादुर गुरुङको अध्यक्षतामा नेपलीज् कम्युनिटी पारदिल्हो पोर्चुगल स्थापना गरिएको हो ।
जस्को अध्यक्षमा धनबहादुर गुरुङ, उपाध्यक्षमा प्रशान्त गुरुङ(मिलन), सचिवमा शिवराज न्यौपाने, कोषाध्यक्षमा सुशील गाहा मगर, महिला संयोजकमा सुश्मा सेन्चुरी दराल, युवा संयोजकमा सुब्बा दराई र सदस्यमा अर्फा राई चयन हुनु भएको छ ।
