• ट्रेण्डिङ्ग :
बुटवल अटो इञ्जिनियरिङ एशोसिएशनको अध्यक्षमा न्यौपाने विजयी

बुटवल अटो इञ्जिनियरिङ एशोसिएशनको अध्यक्षमा न्यौपाने विजयी


  • 7.5K
    SHARES
    • फाल्गुण १८, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 11.6K Views

    बुटवल अटो इञ्जिनियरिङ एशोसिएशनको अध्यक्षमा न्यौपाने विजयी

    बुटवल,१८ फागुन । बुटवल अटो इन्जिनियरिङ एशोसिएशनको अध्यक्षमा तुल्सीराम न्यौपाने विजयी भएका छन् । तीन प्यानलबीच भएको प्रतिस्पर्धामा नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्र निकट व्यवसायीहरुको प्यानल विजयी भएको हो । न्यौपाने नेकपा एकिकृत समाजबादी निकटका ब्यबसायी हुन् ।

    images

    निर्वाचनमा कांग्रेस,नेकपा एमाले र समाजवादी र माओवादी निकट व्यवसायीहरुको तीन प्यानल चुनावी मैदानमा उत्रेको थियो । मंगलबार सम्पन्न भएको निर्वाचनमा विजयी न्यौपानेले २ सय १२ मत ल्याएका थिए ।

    त्यस्तै प्रतिस्पर्धी एमाले निकटका व्यवसायी चन्द्रमणि भण्डारीले १ सय २२ र कांग्रेस निकटका प्रेम गौचनले १ सय २० मत प्राप्त गरेको निर्वाचन अधिकृत शालिकराम बन्जाडेले जानकारी दिए । उद्योग उपाध्यक्षमा कृष्णप्रसाद न्यौपाने र वाणिज्य उपाध्यक्षमा रमेशकुमार श्रेष्ठ विजयी भएका छन् ।

    महासचिवमा ध्रुवराज भुसाल, कोषाध्यक्षमा चिन्तामणि खनाल र सचिवमा पूजा गैरे निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । त्यसैगरि सदस्यहरुमा देवीकला पौडेल, राजेशकुमार जोशी, पोषराज अर्याल, सुशील पाण्डे, शिशुमाया अर्या, युवराज ढकाल, शिवप्रसाद बजगाई र भरत साहानी विजयी भएका छन् ।


    तेस्रो आँखा