• ट्रेण्डिङ्ग :
अहिलेको गठबन्धन सरकार पूरै कार्यकालसम्म रहन्छ : सभापति देउवा

अहिलेको गठबन्धन सरकार पूरै कार्यकालसम्म रहन्छ : सभापति देउवा


  • 2.7K
    SHARES
    • कार्तिक २५, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 4.2K Views

    अहिलेको गठबन्धन सरकार पूरै कार्यकालसम्म रहन्छ : सभापति देउवा

    सुदूरपश्चिम, २५ कात्तिक । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान कांग्रेस-एमालेको गठबन्धन सरकार २०८४ सम्मै जाने बताउनु भएको छ ।

    images

    धनगढी विमानस्थलमा आज पत्रकारसँग संक्षिप्त कुरा गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका देउवाले वर्तमान गठबन्धनमा कुनै समस्या नरहेकाले यो पूरै कार्यकाल टिक्ने विश्वास व्यक्त गर्नुभएको हो । सहकारी प्रकरणका विषयमा सोधिएको प्रश्नमा देउवाले भन्नुभयो, ‘हाम्रा साथीलाई मुद्दा लाग्दा हामीले कहिल्यै होहल्ला गरेनौँ, यो अदालती प्रक्रियामा छ ।’

    देउवा गृह जिल्ला डडेल्धुराका विभिन्न कार्यक्रममा सहभागी हुन जानेक्रममा आज धनगढी पुग्नु भएको थियो । कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका प्रवक्ता सुरत रावतले सभापति देउवा पार्टीको जिल्ला कार्यसमिति बैठक, पालिका स्तरीय भेटघाट, उग्रतारामा लाग्ने मेला, गन्यापधुरा गाउँपालिकामा हुने कार्यक्रममा सहभागी हुने जानकारी दिनुभयो ।


    तेस्रो आँखा